
फिक्कलःनेकपा एमाले सूर्योदय नगरपालिका वडा नं १ को अध्यक्षमा तेज बहादुर पाण्डे (अमृत) चयन भएका छन् । वडा सदस्य समेत रहेका पाण्डेलाई संगठित सदस्यहरुको भेलाले सर्वसहमत रुपमा नेतृत्व सुम्पेको हो ।
सनिबार बसेको वृहत भेलाले ३१ सदस्य वडा संगठन कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा पासेङ्ग तामाङ्ग,सचिव मन बहादुर लिम्बु (सुब्बा),सह–सचिव पृतम खड्का र कोषाध्यक्षमा सन्चमाया लिम्बु रहेका छन् । आवश्यक थप सदस्य कमिटीले मनोनित गर्ने बताईएको छ ।



भेलाले डम्बर कुमार खड्काको संयोजकत्वमा सल्लाहाकार कमिटी समेत गठन गरेको छ । कमिटिका अन्य सदस्यहरुमा गणेश खड्का,धनकुमार मोक्तान, अशोक तामाङ्ग ,कुल प्रसाद ढकाल र मन प्रसाद इदिङ्गो रहेका छन् ।
कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं ३ का अध्यक्ष होम कार्की,वडा नं २ का संयोजक डिक बम्जन,नेकपा एमाले नगर बुद्धिजिवी परिषद सूर्योदयका सदस्य गणेश खड्का,जिल्ला कमिटी सदस्य भिम थामी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमका बक्ताले माधव र झलनाथको पछि लागेका कार्यकर्तालाई पार्टीमा फर्किन आग्रह गरे । आफ्नो पार्टीको सरकार ढालेर निकम्मा सरकार बनाउने काम नेपालको नेतृत्वमा भएको आरोप उनिहरुको छ।
नव गठित कमिटिका अध्यक्ष पाण्डेले वडाका २४६ संगठित सदस्य सबैलाई सकृय भएर संगठन विस्तारमा लाग्न आग्रह गरेका छन् । वडाका सबै टोलमा युवा संगठन,विद्यार्थी संगठन विस्तार गरिने बताउँदै पाण्डेले संगठनलाई चलायमान बनाईने बताए । संगठित सदस्यहरुको नविकरणलाई प्राथमिकतामा राखिने उन्को भनाई छ । आफ्नो वडामा फुटको कनै प्रभाव नपरेको भन्दै सबै एकढिक्का रहेको पाण्डेले दाबी गरे । फोश्रो आश्वासनमा नपर्न भन्दै कसैलाई बाटो नबिराउन पनि आग्रह गरेका छन ।
पाण्डे स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन् । वडा सदस्यका रुपमा रहेर उनले गरेका काम साथै पार्टीमा त्याग र योगदान दिईएकै कारण सर्वसहमत रुपमा नेतृत्व सुम्पिएको युवा संगठनका सुमन खड्काले बताएका छन् ।