नेपाली चियाले अन्तराष्ट्रिय बजारमा झेल्नुपरेको समस्या कूटनीतिक रुपमा समाधान हुन्छः परराष्ट्र सचिव

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कल,मनोज अधिकारीःपरराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपाली चियाले अन्तराष्ट्रिय बजारमा झेल्नुपरेको समस्या समाधानको पहल गरिने बताएका छन् । चिया उत्पादक,उद्योगि तथा ब्यवसायीहरुसंग अन्तकृया गर्न भन्दै इलाम आएका सचिव पौडेलले बुधबार सो कुरा बताएका हुन् । उन्ले भने,“नेपालमा उत्पादन हुने चियाको गुणस्तर र अन्तराष्ट्रिय बजारको अवस्था बुझ्न मन्त्रालयले विभिन्न प्रदेशमा अन्तकृया कार्यक्रम गर्दै आएको छ । प्रदेश नं १ को इलाम र झापामा कार्यक्रम गरिने छ ।”

आफनो उत्पादनलाई विदेशी बजारमा पुर्याउने क्षमता कति छ,गुणस्तर,उत्पादन र परिमाण कति मात्रामा नियमित गर्न सकिन्छ भन्ने सवाल प्रमुख भएको पौडेलले जनाएका छन् । आफुहरुले स्थानियस्तरको समस्या समाधान गर्न नसकेपनि अन्तराष्ट्रिय स्तरमा नेपाली चियाको समस्या समाधान गर्न कूटनीतिक पहल गर्न सक्ने बताए । दुतावास तथा नियोगसंग समन्वय गरि कानूनी जटिलता र झन्जटको समाधान खोजिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

इलामको सूर्योदय नगरपालिकाले कार्यविधि बनाएर गरेको चियाको मुल्य निर्धारण र देखिएको विवाध स्थानियस्तरबाटै समाधान गर्नुपर्ने भन्दै सचिव पौडेलले आफुहरु सो बिषयमा बेखबर रहेको बताए । चियाको गुणस्तरमा ध्यान दिएर उत्पादनलाई नियमित गर्न सक्ने क्षमता इलामका उद्योगिले राखेमा विदेशी बजारमा समन्वयकारी भुमिका खेल्न मन्त्रालय तयार रहेको बताएका छन् ।

सूर्योदय नगरपालिका स्थित इष्टन ब्लु होटल एण्ड लज पाल्टाङ्गेमा एक कार्यक्रमको आयोजना गरि छलफल गरिएको हो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश नम्बर एकका सांसद काजिमान कागतको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपालको चियालाई अन्तराष्ट्रिय बजारमा पुर्याउन किसान,ब्यवसायी र उत्पादकले के गर्न सक्छन् ?दुतावास संग सहयोगको कस्तो अपेक्षा छ ?र परराष्ट्र मन्त्रालयले सम्बन्धित नियोगसंग गर्न सक्ने कूटनीतिक पहल के हुन सक्छ ? भन्ने विषयमा छलपल केन्द्रित थियो । मन्त्रालयका सह–सचिव भरतकुमार रेग्मिले कार्यक्रमको औचित्य प्रष्ट पारेका थिए ।

अन्तराष्ट्रिय बजारको अवस्था,नेपाली चियाले विदेशमा लिईको स्थान,भोग्नुपरेको समस्या,गुणस्तर र परिमाणबारे कन्सल्ट्यान्ट आशा भण्डारीले जानकारी गराएकी थिईन् ।

कार्यक्रमको अवसरमा सूर्योदय टि एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठले मन्त्रालयका सचिव पौडेललाई ज्ञापन पत्र हस्तान्तरण गरे । निर्यातमा भएका समस्या र नेपाली चियाले अन्तराष्ट्रिय बजारमा बेहोरेको झन्जटको कुटनितिक तवरबाट सामाधानको प्रयास गर्न माग गर्दै ज्ञापनपत्र बुजाईएको हो ।

कार्यक्रममा श्री अन्तु गोर्खा टि स्टेटका अभिनन्द गिरिले सरकारले चिया उत्पादनमा किसानलाई सहयोग गर्नुपर्ने बताए । चियामा सरकारी हस्तक्षेप भएको भन्दै मुल्य निर्धारण मात्र नभई समस्या समाधानमा पनि स्थानिय सरकार जिम्मेवार हुनुपर्ने बताएका छन् । सूर्योदय नगरपालिकाले कार्यविधि बनाएर मुल्य निर्धारण गरेपनि उद्योगमा गाुणस्तरीय चिया नआउने गरेको बताएका छन् । किसानले ६ देखि १२ इन्च सम्मको चिया उद्योगमा पठाउने गरेको आरोप लगाउँदै गुणस्तर अझ खस्किएको बताएका छन् ।

अर्का उद्योगि जिवन कुमार नेपालले अधिकांश कम्पनी अर्गनाईज नभएको भन्दै सरकारले चिया सम्बद्ध सबैलाई सर्टिफिकेट दिनुपर्ने धारणा राखेका छन् ।

उद्योगी बुद्ध तामाङ्गले समस्या समाधानका लागी दुतावास लगायतका निकायसंग कटुनितिक रुपमा छलफल गरि समाधानको विकल्प खोजिदिन आग्रह गरे ।

चिया तथा कफि विकास बोर्डका सदस्य पुनम राईले हरेक दिन चियाको उत्पादन घट्दै गएको बताएका छन् । विक्रीको ग्यारेन्टि भए आफुहरु ५० लाख केजी सम्म तयारी चिया उत्पादन गर्न सक्ने भन्दै समस्या बजारको भएको बताएका छन् ।

चिया तथा कफि विकास वोड फिक्कलका इन्द्र अधिकारीले भारतको कोलकतामा हेल्पिङ्ग डेक्स राखेर समन्वयको सहज वातावरण बनाईदिन माग गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं–१ का सांसद काजिमान कागतेले आन्तरिक समस्या धेरै भएको भन्दै समाधान आफैबाट खोजिनु पर्नेमा जोड दिए । अर्थोडक्स चियाको मुल्य पहिलोपटक सूर्योदय नगरपालिकाले नै तोकेको तर कार्यान्वयनमा सबै पक्ष चुकेको उन्ले बताएका छन् । राजनितिक उत्तरचढावका कारण पनि कतिपय समस्या देखिएको स्विकार गरेका छन् । उन्ले भने,“कतिपय साथिहरु सूर्योदय नगरपालिकालाई चियाको राजधानी भन्नुहुन्छ,तर म त्यो मान्दिन । चियाको राजधानी ईलाम हो । अझ प्रदेश नं–१ लाई नै चियाको राजधानी बनाउने गरि हामीले काम गर्नुपर्छ ।” सूर्योदय नगरपालिकाका जनप्रतिनिधिको भने कार्यक्रममा सहभागिता थिईएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय