
फिक्कलःनेकपा एकिकृत समाजवादी निकट अनेरास्वियू सूर्योदय नगर कमिटीले पूर्णता पाएको छ । सनिबार बसेको एक भेलाले सबिन अधिकारीको अध्यक्षतामा १०१ सदस्य कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा सम्झना राई र जोगिन सुब्बा रहेका छन् भने सचिब रिन्छन तामाङ चयन भएका छन् । सुजन दुलाल र उपकला राईलाई सहसचिवको जिम्मेवारी दिईको भेलाले,कोषाध्यक्षमा भावना भट्टराईलाई चयन गरेको छ । कार्यक्रमको अवसरमा सूर्योदयमा अवस्थित स्वामी पार्क परिसर सरसफाई समेत गरिएको नव गठित कमिटीका अध्यक्ष अधिकारीले जानकारी दिईएका छन् ।
एस निकट अनेरास्वियूका केन्द्रीय सदस्य पासाङ दिकी शेर्पाको अध्यक्षता एवं अनेरास्वियू जिल्ला अध्यक्ष डिकेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं १० का अध्यक्ष एवं युवासंघ स्थाई समिति सदस्य पेमा उगेन् लामाको विशेष आतिथ्यता रहेको थियो ।



इलाममा एकिकृत समाजवादीको युवा र विद्यार्थी संगठन गठन
यता गत शुक्रबार नै नेकपा एकिकृत समाजवादी पार्टीले इलाममा युवा र विद्यार्थी संगठन गठन गरेको छ । इलाममा भएको भेलाले विद्यार्थी र युवासंघ गठन गरेको हो । भेलाले महेश तिवारीको अध्यक्षतामा ६३ सदस्य युवा संघको जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा खगेन्द्र बास्तोला, देवन राई रहेका छन् । संघको सचिवमा सुनिल लिङ्दम, सह सचिवमा कुमार तुम्रोक, कोषाध्यक्षमा बिनोद लङ्वा रेहका छन् । भेलाले जिल्लाको सचिवासदस्य पदाधिकारी सहित २१ जना रहनेछन् ।
समाजवादीको विद्यार्थी संगठनको इलाम अध्यक्षमा डिकेन्द्र दाहाल भएका छन् । विद्यार्थी संगठनको उपाध्यक्षमा रत्न थामि र प्रिया राई रहेका छन् । सचिवमा चेतन अधिकारी, सह सचिवमा अनान राई, खगेन्द्र गौतम,सन्जोक घिमिरे रहेका छन् । एक सय एक सदस्य विद्यार्थीको जिल्ला समितिको कोषाध्यक्षमा दिब्या गुरुङ्ग रहेका छन् ।
भेलामा नेकपा एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य रण बहादूर राई, युवा संघ नेपाल केन्द्रीय सदस्य हुकुम थामी, युवा संघ नेपाल स्थायी सदस्य पेमा उगेन लामा भाइचुङ्ग ,नेकपा एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य जित बहादूर राई, नेकपा एकीकृत समाजवादी कमिटी उपाध्यक्ष चित्र कला बराईली, नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सचिव सोम शर्मा, युवा संघ नेपाल उप महासचिव सन्जीब राई, युवा संघ नेपाल उपाध्यक्ष मुना शर्मा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष भक्त केसी लगायतले विद्यार्थी र युवासघको नेतृत्वलाई बधाई दिएका थिए ।