टिभिएस कम्पनीको सवारी खरिदमा भारि छुट

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःविश्व प्रसिद्ध टिभिएस् कम्पनीले मोटरसाईकल तथा स्कुटरको विक्री वितरणमा भारि छुट भएको बताएको छ । दँशै तिहार विशेष बम्फर उपहारका साथ नगद छुट साथै लक्की ड्र मार्फत सवारी उपहार सम्मको ब्यवस्था भएको जनाईएको छ ।

इलामको सूर्योदय नगरपालिका वडा नं १० स्थित नयाँ चोकबाट सेवा प्रदान गर्दै आएको माता दुर्गा सप्लायर्सले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विक्रीअघि र विक्री पछिसम्म विभिन्न अफर कायम गरेको जनाएको छ ।

ब्यवस्थापक सिद्धि प्रसाद तिम्सिनाका अनुसार,“सुविधा सम्पन्न डिलर मार्फत आधुनिक उपकरण सहित तयार गरिएका सवारी विक्री वितरण गरिँदैछ ।” नेपाल जगदम्बा मोटर्स प्रा लि को आधिकारीक विक्रेता रहेको माता दुर्गा सप्लायर्सले आफ्ना सेवा सुविधा गुणस्तरीय र आकर्षक रहेको दावि गरेको छ । ग्राहकवर्गलाई कम्पनीको लोकपृयता र सवारीको गुणस्तरियता अध्ययन गरिदिन प्रो मुक्तिनाथ अर्यालले आग्रह गरेका छन् ।
सवारीमा भएका स्मार्ट सुविधा र महामारीको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै कम्पनीले बम्पर उपहार सार्वजनिक गरिएको मेनेजर देबेन्द्र तिम्सिनाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय