
फिक्कलः मेची राजमार्ग अन्तर्गत झापाको बुद्धशान्तिमा सवारी दुर्घटना हुँदा इलामको सूर्योदय नगरपालिका वडा नं १० बस्ने २३ वर्षिय पवन रिजाल घाइते भएका छन् । तीव्र गतिमा इलामबाट झापातर्फ जाँदै गरेको पिकअप गाडी अनियन्त्रित भएर पल्टिँदा चालक गम्भीर घाइते भएका हुन्।
आज बिहान करिब १ बजे बुद्धशान्ति ३ स्थित जयगंगा धर्मकाटा नजिकै मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र ३(०१(०२४ च ५९०९ नम्बरको इसुजु पिकअप गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । गंभीर अबस्थाका घाइतेको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए । उनको बाहिरी चोट नदेखिए पनि बोल्न नसक्ने अवस्थामा प्रहरीले उद्दार गरेको थियो ।


