अदालत विवाद चरम उत्कर्षमाः दुई वकिलबीच हात हालाहालको लज्जास्पद दृष्य

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल बार एसोसिएसन परिसरमा दुई अधिवक्ताबीच हात हालाहलको स्थिति सिर्जना भएको छ। बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो कानुन व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुँडालबीच विवाद उत्पन्न भई हाता हालाहालको स्थिति भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरिररहेका बेला त्यही विषयमा भनाभन हुँदा दुईबीच हात हालाहाल भएको बताइएको छ। दुवै जनाले एक(अर्कालाई लात्ती मुड्कीले हानाहान गरेपछि अन्य कानुन व्‍यवसायीले छुट्याएका थिए।

चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानुनी बाटोबाट न्याय खोज्ने बताए। न्यौपानेले चाँहि ‘सामान्य विवाद भएको’ भन्दै कुरा मिलिसकेको बताए। सुरुमा अधिवक्ता न्यौपानेले चुँडाललाई हातपात गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय