
इलामःइलामको सूर्योदय नगरपालिकाले आइतबारे क्षेत्रको ३ सय ७१ मिटर सडक कालोपत्रे गरेको छ । ८० लाख १९ हजारमा ५७ स्टामेट रकम रहेको सडकको ५९ लाख ९५ हजारमा कालोपत्रे ठेक्का संझौता भएको थियो । बजार क्षत्रेको सडकमध्ये एक सय २० मिटर पक्कि ढलान र ३ सय ७१ मिटर कालोपत्रे गरिएको सूर्योदय नगरपालिकाका इञ्जिनियर कविन सापकोटाले बताए ।
नगरपालिकाबाट भएको कालोपत्रे सडक पाँच मिटर चौडा रहेको छ ।सुगौली सन्धिपछि इलामको पहिलो सदरमुकाम आइतबारे बजार क्षेत्रमा सडक कालोपत्रे गरिएको हो। विक्रम सम्बत १८७२ देखि १८७४ सम्म इलामको सदरमुकामकाम रहेको आइतबारे क्षेत्रमा पर्यटनको माध्यमबाट आयआर्जन वृद्धि गर्नका लागि पूर्वाधार निर्माणको काम थालिएको हो ।
सुगौली सन्धिपछिको इलामको पहिलो सदरमुकाम बसेको करफोक र आइतबारे क्षेत्र सुर्योदय नगरपालिका ११ मा पर्दछ । आइतबारे क्षेत्रबाट नामसालिङ हुँदै हालको इलाम बजार सदरमुकाम सारिएपछि गुमनाम जस्तै थियो ।



देशको संघीय संरचनामा आउनुअघि पञ्चकन्या गाविसमा पर्ने आइतबारेको अहिले मुहार फेरिँदै गएको छ । खलङ्गाले परिचित आइतबारेमा नागरिक गढिबाट अण्डा अदालत र प्रशासनिक काम सरेपनि लामो समय टिक्न सकेन ।
सोहि बजार क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने योजनाका साथ पूर्वाधार निर्माणको काम शुरु भएको छ । सुर्योदय नगरपालिकाले २ सय वर्ष अघि जिल्लाको केन्द्र रहेको आइतबारे क्षेत्रमा सडक कालोपत्रे समेत गरिएको छ ।
पूर्वाधार विकासले पर्यटकलाई आकर्षण गर्न र पर्यटनका माध्यमबाट आय आर्जनमा सहयोग पुग्ने भएपछि उत्साहा जगाएको स्थानीय शिक्षिका सुस्मा अधिकारी बताइन् ।
सुगौली सन्धिपछि हालको दार्जिलिङ्गस्थित नागरिक गढिबाट इलाम जिल्लाको सदरमुकाम दुई वर्ष करफोक, आइतबारे क्षेत्रको पूर्णे डाँडामा सारिएको थियो । सुरक्षाको कारणले सदरमुकाम सुरक्षित नहुने अध्ययनपछि बिक्रिम सम्बत १८ सय ७५ सालमा नामसालिङ हुँदै इलाम बजारमा सदरमुकाम काम सारिएको थियो ।
from localsandesh.com