नेकपा एमाले फाकफोकथुमको सबै वडामा निर्वाचन सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःनेकपा एमालेको १० औं अधिवेशनबाट फाकफोकथुम गाउँपालिकामा पनि सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकाको वडा न १ को अध्यक्षमा बेग ब। निरौला, उपाध्यक्षमा देवेन्द्र मगर, सचिवमा बेदप्रसाद नेम्वाङ चयन भएका छन् । वडा न २ को अध्यक्षमा उदयबहादुर लिम्बू, उपाध्यक्षमा पुष्पा कोइराला, सचिवमा देउकुमार राई ९विकास ०, उपसचिवमा चन्दबहादुर थापा र विष्णु माया वस्नेत निर्वाचित भएका छन् ।

वडा न ३को अध्यक्षमा जननारायण पौडेल, उपाध्यक्षमा देविमाया पौडेल, सचिबमा दिरेन्द्र थेगिम, उपसचिवमा मचिन्द्र नेम्वाङ र रमेश खड्का रहेका छन् । यस्तै, वडा न ४को अध्यक्षमा हरि प्र। दङगाली, उपाध्यक्षमा क्षानु पिठाकोठी, सचिवमा जितेन्द्र खनाल, उपसचिव सेतुमाया राई र जीवन बलमपाकी निर्वाचित भएका छन् । वडा न ५ को अध्यक्षमा धनप्रसाद योङहाङ्ग, उपाध्यक्षमा धुब्रदेवी खपाङ्गी, सचिबमा राजकुमार राई, उपसचिवमा मन्जु राई दर्लामी, टेक प्र। मुखिया रहेका छन् । वडा न ६ को अध्यक्षमा टंकनाथ खनाल, उपाध्यक्षमा गीता अधिकारी,सचिवमा सोम चौलागाईं,उपसचिवमा नविन श्रेष्ठ, छत्र पौडेल निर्वाचित भएका छन् । यस्तै, वडा न ७ को अध्यक्षमा चन्द्र ब। वर्देवा, उपाध्यक्षमा डिकबहादुर कोइराला, सचिवमा रविन राई, उपसचिवमा केन्द्र बिक्रम लिम्बू र झलेन्द्र लिम्बू रहेका छन् । इलामआवाजबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय