प्रदेश निर्वाचन क्षेत्र इलामको एक्ली महिला सभापतिमा मैया लिम्बू निर्वाचित

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःनेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट इलाममा अधिकांश युवा नेतृत्व चुनिएको छ । निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छिन् । उनी जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का निकट उम्मेद्वार हुन् । लिम्बुलाई जिल्ला सभापति हिमालय कर्मचार्यको समुहले पनि सघाएको श्रोत बताउँछ । प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित मैया लिम्बु हालै सम्पन्न प्रदेश निर्वाचन क्षेत्र इलामको एक्ली महिला सभापति हुन् । दुई प्रतिष्पर्धीलाई पछि पार्दै लिम्बु सभापतिमा निर्वाचित भएकी हुन् । सूर्योदय नगरपालिका वडा नं १ गोर्खेकी वडासदस्य समेत रहेकी मैया विकास प्रेमी युवा नेत्री हुन् । हक्कि र आँटिलो स्वभाव भएकी लिम्बु वडाका महिला बालबालिका देखि वृद्धवृद्धा सम्मको पृय छिन् ।

लिम्बुले एक सय २३ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिष्पर्धी पुनम गुरुङ्गले एक सय ४ मत पाए । गुरुङ्ग पूर्व जिल्ला सभापति केशव थापा निकट मानिन्छन् । क्षेत्रीय सभापतिका अर्का प्रतिष्पार्धी रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरेका छन् । उनी जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्यको समुहबाट उम्मेद्वार बनेका थिए ।

उपसभापतिमा ज्ञानबहादुर राई र मोहन कुमार गुरुङ्ग निर्वाचित भएका छन् । राईले एक सय ४४ र गुरुङ्गले एक सय २५ मत प्राप्त गरेका छन् । उपसभापतिमा बासुदेव अधिकारीले एक सय १० मत, भोला भण्डारीले ९६ मत र नीरबहादुर फागोले ७० मत प्राप्त गरेका छन् ।

सचिवमा कुसुम दाहाल र मनोज लेप्चा निर्वाचित भएका छन् । दाहालले एक सय ४५ र लेप्चाले एक सय ३९ मत प्राप्त गरेका छन् । सचिवमा पराजित बनेका तारा न्यौपानलेले एक सय १० मत, राम घिमिरेले एक सय दुई मत, बसुधा मोक्तान प्रधानले ६९ मत प्राप्त गरेकी छिन् ।

सहसचिवमा सीता घिसिङ र मखन गुरुङ्ग निर्वाचित भए । घिसिङले दुईसय ४४ र गुरुङ्गले एक सय ४७ मत पाएका छन् । सह सचिवका निकटतम प्रतिष्पर्धी कृष्णबहादुर राईले एक सय २७ मत पाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय