
कन्यामःनेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० सुर्योदय नगर कमिटिको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सुर्योदय नगर कमिटि अध्यक्ष सविन अधिकारी जिल्ला सचिव चेतन अधिकारी लगायतको नेतृत्वमा कन्याम सरसफाइ गरिएको हो ।
पार्टीको सांगठनिक गतिबिधि अन्तर्गत केहि हप्ता अगाडि सुर्योदय नगरपालिका वडा नम्बर १० को पर्यटकिय क्षेत्र स्वामी पार्कको सरसफाई गरिएको थियो । संगठनमा आस्था राख्ने विभिन्न विद्यालयका विद्यार्थी नगर प्रहरी लगायत ४० जना भन्दा बढिको उपस्थितीमा सरसफाई गरेको हो । कमिटिले पछिल्लो कार्यक्रम अन्तरर्गत पर्यटकीय क्षेत्र श्री अन्तुको पनि सरसफाई गर्ने अधिकारीले बताए ।


