इलामःनेपाली कांग्रेस इलाममा जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्यको टिम बलियो देखिएको छ । इलाम क्षेत्र नं १ र २ बाट भेषराज निकट उमेद्वारले नेतृत्व हत्याएसंगै भेषराज जिल्ला सभापतिका लागी बलियो उमेद्वार बनेका छन् । जिल्लामा आउदो १० गते जिल्ला अधिवेसन हुँदै छ । यसअघिको प्रदेश क्षेत्रीय चुनाबमा समेत चार क्षेत्रमध्ये तीन ठाउँमा भेषराजकै उम्मेदवार विजयी बनेका छन् भने एक क्षेत्रमा डम्बर खड्का निकटका उम्मेदवार निर्वाचित बनेका छन् । जिल्लाको पदाधिकारीमा समेत भेषराजकै टिमले हालसम्म अगुवाइ गरिरहेको छ ।
क्षेत्र नं १ को सभापतिमा समशेर राई विजयी
क्षेत्र नं १ को सभापतिमा समशेर राई विजयी भए । खसेको ७११ मत मध्ये दुई सय ४७ मत ल्याएर राई सभापतिमा विजयी बनेका हुन् । ३३ मत अन्तरले राई सभापतिमा बिजयी बन्दै गर्दा सभापतिका अर्का उम्मेद्धार भिष्म प्रधानले दुई सय १४ मत प्राप्त गरे । अर्का सभापतिका उम्मेद्धार दुर्गा बरालले एक सय ९७ मत र मिलन क्षेत्रीले २१ मत ल्याएका छन् । समेशर जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य निकट हुन्।
सचिवमा २५४ मत सहित राजकुमार लिम्बु सेरेङ र २३१ मत सहित यामन लामा बिजयी बनेका छन् ।
सह सचिवमा ३१० मत सहित प्रज्वल भट्टराई र २६६ मत सहित बुघराज लिम्बु बिजयी बनेका छन् । प्रत्यक्ष सदस्यमा देवेन्द्र अधिकारी , नितेश खत्री र राजु राई बिजयी बनेका छन् । सदस्य खस आर्यतर्फ गणेश खड्का बिजयी बनेका छन्। सदस्य आदिवासी जनजाती महिला तर्फ बिमला तामाङ र मलता गुरुङ बिजयी बनेका छन्। आदिवासी जनजाती खुल्ला तर्फ जिवन राई र रविन देवान बिजयी भए।
क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेसन प्रतिनिधिमा २६ जना निर्वाचित भएका छन् ।
फराकिलो मतान्तरका साथ क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गो बिजयी
नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गो बिजयी बनेका छन । उनले ४३२ मत प्राप्त गरि बिजयी बन्दा अर्का प्रतिष्पर्धी नुतनदेव दुलालले २९८ मत प्राप्त गरेका थिए । यस्तै तेस्रोमा नरेश श्रेष्ठले १८८ र चौथोमा मनकुमार बुढाथोकीले ७४ मत ल्याएका छन् । १ हजार ६५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो । इदिङ्गो पनि भेषराज निकट मानिन्छन् ।