कांग्रेस इलाम सभापतिमा डम्बरको विजय निश्चितःमतगणना जारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःनेपाली काङ्ग्रेस इलामको सभापतिमा डम्बरबहादुर खड्का विजयी निश्चित भएको छ । मतगणना नसिकदैं खड्का सभापतिमा विजयी भएका हुन् ।

१ हजार ६ सय मत गन्दा सभापतिका उम्मेदवार डम्बरबहादुर खड्काले ८ सय ७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी भेषराज आचार्यले ७ सय २० मत मात्र पाएका छन् । अब १ सय ३२ मत गन्न बाँकी छ ।

एक हजार सात सय ९५ मतदाता रहेकोमा एक हजार सात सय ३२ मत खसेको थियो । खसेको मतमध्ये खड्काले पाएको मत यो ५१ प्रतिशत भन्दा बढी हो ।

खड्का सस्थापन पक्षमा उम्मेदवार हुन् भने आचार्य संस्थापनइतरका हुन् । खड्कालाई संस्थापनइतरका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य र सस्थापन पक्षकापूर्व सभापति केशव थापाको समेत सहयोग थियो ।

हेर्नुस् पदाधिकारीको मतपरिणामः
सभापतिः
१। डम्बरबहादुर खड्काः८७० मत
२। भेषराज आचार्य ः ७२० मत
उपसभापति स्
१। केदार थापा स् ७०० मत
२। खगेन्द्र देवान स् ७९६ मत
३। विष्णुकुमारी लिम्बू दहाल स् ७१८ मत
४। होमप्रदाद दुलाल स् ६५५ मत
सचिव स्
१। निरोज खड्की स् ७२१ मत
२। पूर्णप्रसाद गौतम स् ७६७ मत
३। विष्णु हेमकुमार कार्की स् ६७५ मत
४। हुकुमलाल थेबे स् ६५६ मत
सहसचिव ,
१। चक्र एक्तेन ९अभिषेक० स् ६०८ मत
२। डालाकुमारी कार्की स् ७९८ मत
३। देवेन्द्रकुमार सुवेदी स् ७२१ मत
४। प्रविना राई स् ५८१ मत

from nayabulanda.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय