नेपाली चियाको भारत निकासी सुचारु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाः पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि रोकिएको नेपाली चियाको भारत निकासी सुचारु भएको छ । भारतका दुई निकायबीच चियाको सर्टिफिकेट कसले जारी गर्ने भन्ने विषयमा विवाद हुँदा त्यसको असर नेपाली चिया निर्यातमा परेको थियो ।

टी काउन्सिल अफ इण्डिया र भारतीय टी बोर्ड बीचको विवादका कारण नेपाली चिया लोड भएका ट्रक काँकडभिट्टा नाकामा रोकिएका थिए । भारतीय दुई निकायबीच सहमति भएपछि नेपाली चियाको निर्यातमा भइरहेको अवरोध हटेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

टी काउन्सिल अफ इण्डियाले जारी गरेको सर्टिफिकेटका आधारमा नेपाली चियाको निर्यात सुचारु भएको मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओलीले बताए । नेपाली चिया व्यवसायीले भने भारतीय टी बोर्डले नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाउँदै निर्यातमा अवरोध गरेको जनाएका छन् ।

तर, सरकारी अधिकारी भने भारतले नेपाली चियाको गुणस्तरमा प्रश्न नउठाएको दावी गर्छन् । केही वर्षदेखि भारतले बेला(बेलामा नेपाली चिया निर्यातमा अवरोध गर्दै आएको छ । भारतीय अवरोध हुँदा नेपाली चियाको निर्यात घटेको मेची भन्सार कार्यालयको तथ्याङ्क छ ।न्युजसञ्जालबाट

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय