नेकपा माओवादी केन्द्र इलामको ७ पालिकामा अधिवेशन सम्पन्नःनेतृत्वमा को को?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःनेकपा माओवादी केन्द्रले प्रथम पालिका स्तरिय अधिवेशनलाई तिव्रता दिएको छ । माओवादीले शनिबार सात वटा पालिकामा अधिवेशन सम्पन्न गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भर्चुअल माध्यमबाट गाउँ नगर स्तरिय अधिवेसनको उद्घाटन गरेका थिए । त्यसैगरी आज ९आइतबार० बाँकी रहेको तीन पालिकामा नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

चुलाचुली गाउँपालिका
माओवादी केन्द्र चुलाचुलीमा पृथ्वीराज राईको नेतृत्वमा समिति गठन गरिएको छ । उपाध्यक्षमा धनदेवि पोख्रेल, दीपक श्रेष्ठ र गजेन्द्र सुनवार निर्वाचित भएका छन् । सचिवमा भगीरथ भट्टराई, सहसचिव नारायण निरौला र कोषाध्यक्षमा इन्द्र कुमार नेम्वाङ निर्वाचित भएका छन् ।
माङसेबुङ गाउँपालिका
माङ्सेबुङमा जनम खम्बुको अध्यक्षतामा गाउँपालिका समिति गठन भएको छ । उपाध्यक्षमा नर बहादुर लिम्बू, पृथिमान जबेगु र दिल कुमार लिम्बू निर्वाचित भएका छन् । सचिवमा डकिन्द्र लिम्बू, सह–सचिव सुरेश राई र कोषाध्यक्षमा मिना कुमारी मगर निर्वाचित भएका छन् ।
सूर्योदय नगरपालिका
माओवादी केन्द्र सुर्योदय नगरपालिका अध्यक्षमा सदिप तामाङ निर्वाचित भएका छन् । उपाध्यक्षमा देवि प्रसाद उप्रेति, घनश्याम पौडेल र सोनिका राई निर्वाचित भएका छन् । सचिवमा मेहेरराज आचार्य, सहसचिव विपिन पोख्रेल र कोषाध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् ।

इलाम नगरपालिका
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० इलाम नगरपालिकाको प्रथम नगर सम्मेलनबाट प्रवास शर्माको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति निर्वाचित भएको छ । उपाध्यक्षमा विक्रम लिम्बु, अर्जुन राई ९दिपेन० र विक्रमजित राई निर्वाचित भएका छन् । सचिवमा तारानिधि घिमिरे, सह – सचिव नविन फागो लिम्बु र कोषाध्यक्षमा विविमाया लिङ्दम निर्वाचित भएका छन् ।

फाकफोकथुम गाउँपालिका
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० फाकफोकथुम गाउँपालिका प्रथम सम्मेलनबाट केवि वान्तवा राईको अध्यक्षमा ४५ सदस्यीय समिति निर्वाचित भएका छन् । उपाध्यक्ष लक्ष्मण घतानी, केदारनाथ खनाल र अरुण दर्लामी निर्वाचित भएका छन् । सचिवमा प्रकाश राई, सहसचिव हेमकर्ण निरौला र कोषाध्यक्षमा बिष्णुमाया थापा निर्वाचित भएका छन् ।

५१ सदस्यीय रहने कार्य समितिका ६ जना सदस्य बैठकबाट मनोनित गरिने भएको छ । लालविर राईको संयोजकत्वमा ११ सदस्यीय पालिका सल्लाहकार समिति गठन भएको । सचिवमा धनजित राई रहेका छन् । गोविन्द लामिछानेको नेतृत्वमा ११ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च गठन भएको छ । सचिवमा लेखध्वज बोहोरा चयन भएका छन् ।

माई नगरपालिका
नेकपा माओवादी केन्द्र माई नगरपालिकाको अध्यक्षमा धनकुमार लिम्बु निर्वाचित भएका छन् । नमुना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न प्रथम नगर अधिवेशनले लिम्बुको नेतृत्वमा ६५ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्षमा रञ्जना थापा, विनोद नेम्वाङ र सन्तोष लोक्ताम चयन भएका छन् । सचिवमा चक्र कटुवाल, सहसचिव समीर राई र कोषाध्यक्षमा युवराज ढकाल रहेका छन ।

माईजोगमाई गाउँपालिका
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र ० माईजोगमाई गाउपालिकाको अध्यक्षमा कुबिरमान राई निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न प्रथम गाउँ अधिवेशनबाट राईको नेतृत्वमा ५४ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो । उपाध्यक्षमा मतदान प्रक्रियाबाट झुलेन्द्र पौडेल प्रेम तामाङ र भविन खत्री निर्वाचित भएका छन ।

उपाध्यक्ष पदका आकांक्षीहरु झुलेन्द्र पौडेल ,प्रेम तामाङ्ग,लभविन खत्री,राजु राई र वीर बहादुर बिश्वकर्माले दाबी गरेपछि निर्वाचन भएको थियो । सचिवमा देविभक्त शिवाकोटी सहसचिव बिनिन भट्टराई र कोषाध्यक्षमा देविमाया राई निर्विरोध चयन भएका छन् । गाउँपालिका समितिमा २० प्रतिशत युवा ३५ सदस्यीय महिला र ४५ प्रतिशत अन्यको सहभागिता रहेको छ । स्थानियसन्देशबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय