एमालेको नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया जारीः बेलुकी ९ बजेपछि मात्रै मतदान

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवनःचितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया जारी छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । हिजै फारम लैजानुभएका उहाँले निर्वाचन प्रक्रिया सुरु भएलगत्तै उम्मेदवारी दर्ता गराउनुभएको हो ।

अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ ।

सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । तर रावलले प्रस्ताव अस्वीकार गरेपछि चुनावी प्रक्रिया सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय