एमाले अध्यक्षमा पुनःओली, उपाध्यक्षमा भुसाल पराजित, अष्टलक्ष्मीको सबैभन्दा बढी मत

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवनःनेकपा एमाले को अध्यक्षमा केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी भएका छन्। अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। ओलीले १८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले थाहाखबरलाई जानकारी दिए।

आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन।

मंगलबार विहान ४ बजेदेखि विहान ११ बजेसम्म भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २ हजार ९६ मत खसेको थियो। रावलले आफूले मतपरिणामलाई स्वीकार गर्ने बताएका छन्।

मंसिर १० गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै विधान नै संसोधन गरेको थियो। संसोधित विधान अनुसार केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाइएको छ।

तर अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्य पदमा सर्वसम्मत नभएपछि मतदान गरिएको हो।

एमाले उपाध्यक्षमा भुसाल पराजित, अष्टलक्ष्मीको सबैभन्दा बढी मत

नेकपा एमालेको उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित भएका छन्।

केन्द्रीय निर्वाचन आयोग स्रोतका अनुसार ६ जना उपाध्यक्ष चाहिनेमा भुसाल सातौं नम्बरमा परेका हुन्। उनले ७ सय २५ मत प्राप्त गरेका छन्।

केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।

अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै १९ सय ७६ मत प्राप्त गरी विजयी भएकी छिन्। सुरेन्द्र पाण्डे १९ सय २५, सुवास नेम्वाङ १८६५, विष्णु पौडेल १८ सय ५६, युवराज ज्ञवाली १८ सय ४२ र रामबहादुर थापा बादल १७ सय ६८ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय