इलामःप्रदेश सांसद राम राना नेकपा एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । इलाम जिल्ला अध्यक्ष समेत रहेका राना खुल्ला केन्द्रिय सदस्य पदमा १ हजार ५ सय ४६ मत सहित बिजयी भएका हुन् । यसअघि पुष ५ गतेको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि उनलाई एमालेले केन्दिय सदस्य बनाएको थियो । महाधिवेशनबाट केन्द्रिय सदस्य बनेका भनेको पहिलो पटक हो ।
राना २०७४ मंसिरमा सम्पन्न प्रतिनिधी एवम प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभाको निर्वाचनको लागी इलाम क्षेत्र नं २ को १ बाट बिजयी बनेका थिए । उनले वर्तमान नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्कालाई ३ हजार ५ सय ५२ मतान्तरले हराउँदै प्रदेशसभामा बिजयी बनेका थिए । वास्तविक नाम रामबहादुर मगर भएपनि राजनितिमा राम रानाको नामबाट चिनिन्छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाट विद्यार्थी राजनिती सुरु गरेका मगर २०३७ सालमा इलाम जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । अध्ययनको सिलसिलामा उनी २०४३ सालको महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सभापती निर्वाचित भएका थिए । २०४४ सालको अनेरास्ववियुको केन्द्रिय सदस्य बनेका मगर इलाममा युवा संघको स्थापना हुँदा संस्थापक सचिव जस्तो पदमा निर्वाचित भएका थिए ।
२०७१ सालमा एमालेको नवौ जिल्ला अधिवेशनबाट उनी गणेश बराललाई ६५ मतले पछि पार्दै जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्र र एमालेको एकतापछि बनेको नेकपा जिल्लाको नेतृत्व समेत रानाले लिएका थिए ।
नेकपा ९एमाले० को दशौं राष्ट्रिय महाधिवेशनले राना सहित ३ सय १ सदस्य निर्वाचित गरेको छ।
चितवनको सौराहामा भएको बन्दसत्रबाट केही पदमा चुनाव र केही पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।