नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले फेरि पनि संसद् चल्न नदिने संकेत गरेका छन्। शुक्रबार पार्टी कार्यालयमा दोस्रोपटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद् चल्न नदिने बताएका हुन्।
एमालेले निष्कासन गरेका व्यक्तिहरूलाई संसदमा राखेर कुनै पनि हालतमा स्वीकार गर्न नसकिने पनि उनले बताए।



उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद् चल्न सक्छरु,’ एमालेले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं।’
नेकपमा एमालेले माधव नेपाल, झलनाथ खनाललगायतका १४ जना नेताहरूलाई कारबाही गरेको थियो। माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भई संसदमा दर्ता भइसकेको छ।
असअघि पनि एमालेले एकीकृत समाजवादीका सांसदहरुलाई अवैध मान्दै निरन्तर रूपमा संसद् चल्न दिएको थिएन। सरकारले २८ मंसिरका लागि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेको छ।
ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै चल्न नसक्नेसमेत आरोप लगाए। ‘गठबन्धन सरकारबाट देश र सरकार चलिरहेको छैन। यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने?उनले प्रश्न गर्दै भने।

