फिक्कलःसाना सिंचाइ कार्यक्रम अन्र्तगत इलाम नगरपालिका २ मा छागेखोला चित्रेबेसी सिचाइ योजनाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सरकार र स्विस सरकारको सहकार्यमा संचालित साना सिचाइ कार्यक्रम अन्र्तगत इलाम नगरपालिका मार्फत कार्यनयन हुने वडा न २ मा छगेखोला चित्रेबेसी सिचाइ योजनाको योजना सम्झौता अगबै सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । स्थानीय उपभोक्ता जनप्रतिनिधि , र सिंचाई कार्यक्रमका प्रतिनिधि बिच सार्वजनिक सुनुवाई सम्पन्न भएको साना सिंचाई आयोजनाकी कर्मचारी बिनुका लामाले जानकारी दिनु भयो ।
उक्त योजना अन्र्तगत ४ किलो मिटर लामो कुलो निर्माण हुँदै छ । उक्त योजना सम्पन्न गर्न ९३ लाख ५७ हजार ९ सय ९७ रुपैयाँ लाग्ने साना सिचाई कार्यक्रम फिक्कल कल्ष्टर संयोजक केशव लामाले जानकारी दिनु भयो ।
कार्यक्रममा इनपा २ का वडाध्यक्ष नारद लम्साल लगायतको सहभागीता रहेको थियो । उक्त योजना सम्पन्न हुँदा उक्त क्षेत्रका ६१ घर परिवार लाभान्तित हुँने र ५० हेक्टर जग्गामा सिंचाई सुविधा पुग्ने छ ।
साना सिंचाई कार्यक्रमले आफना योजना शुरु हुँनु अघि नै उपभोक्ता , जनप्रतिनिधि र सरोकारवाला बिच सार्वजनिक सुनुवाई कार्उक्रम गर्दै आएको साना सिंचाईका टेक्निकल अफिसर लक्ष्मी प्रसाद अधिकारीले जानकारी दिनु भयो । सुसानस र पारदर्शिताका लागि कार्यक्रम संचालन अघि नै सार्वजनिक सुनुवाई गरिदै आएको अधिकारीले जानकारी दिनु भयो ।
स्वीस सरकारको ३०, संघीय सरकारको २०, प्रदेश सरकारको २०, स्थानीय सरकारको २० र उपभोत्ताको १० लागत सहभागिता गरी आयोजनाको काम गरिदै आएको छ ।
नेपाल र स्विस सरकारको सहकार्यमा संचालित साना सिंचाइ कार्यक्रमको सार्बजनिक सुनुवाई
२०७८ मंसिर १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd