नेकपा एकीकृत समाजबादी युवा संघ नेपालको सुर्योदय अध्यक्षमा युवराज

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नेकपा एकीकृत समाजबादी युवा संघ नेपाल सुर्योदय नगर कमिटिको अध्यक्षमा युवराज प्रधान चयन हुन भएको छ । शनिबार सुर्योदय नगरपालिका १० फिक्कलमा भएको नगरस्तरीय भेलाले प्रधानको अध्यक्षतामा सर्वसम्मत रुपमा समिति गठन गरेको छ । उपाध्यक्षमा छवि तिवारी, संग्राम नेपाल , भक्त भण्डारी , राजमान राई चयन भएका छन । सचिवमा अनिल योङ्गा र नरेश राई चयन भएका छन भने सहसचिवमा पारस राई , युवराज राई र सन्दिप राई चयन भएका छन । कोषाध्यक्षमा विपना राई चयन हुन भएको छ । भेलाले २०९ सदस्यीय कमिटि चयन गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय