कांग्रेस प्रदेश १ को मतगणना जारीः घिमिरे र थापा प्यानलसहित चुनावी मैदानमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट मतगणना शुरु भएको निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाले जानकारी दिए ।

नेतृत्व छनोटका लागि शनिबार मतदान भएको थियो । प्रदेश १ अधिवेशनमा कांग्रेसको संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापाले प्यानलसहित चुनावी मैदानमा छन् ।

आइतबार बिहान ८ बजेबाट मतगणना गर्ने भनिएपनि ढिलोमात्रै शुरु भएको उनले बताए । शनिबार मतदान पनि ढिलो शुरु भएको थियो । विहान ८ बजेबाट मतदान शुरु गर्ने भनिए पनि विवादका कारण साढे ६ घण्टा ढिलो गरी शनिबार दिउँसो २स् ३० बजेबाट मतदान शुरु गरिएको थियो । मतदानमा एक हजार ७५३ प्रतिनिधि सहभागि भएका थिए ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय