स्थानीय तहका १६५० कर्मचारीको सरुवा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६५० कर्मचारीको सरुवा गरिने भएको छ। ​संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ति कर्मचारीको सरुवा गर्ने भएको हो। मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा हुन लागेको जानकारी दिए।

कर्मचारीको सरुवाको सूची भोलि मन्त्रालयको वेबसाइटमा राखिने उनले बताए। लोक सेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीको छनोट प्रदेशगत रुपमा गरिएको र हाल आफूलाई पायक पर्ने स्थानीय तहमा कामकाजमा जान खोज्ने कर्मचारीको प्रवृत्ति देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तरस्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने व्यवस्था छ। यसरी दोहोरो सहमति लिएर निवेदन पेस गरेका स्थानीय तहका कर्मचारीको सरुवा गर्न लागिएको अधिकारीले बताए।

यस्तै पत्रकार सम्मेलनमा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सरुवामा कर्मचारीलाई कुनै भेदभाव नगरिएको स्पस्ट पारे। कार्यक्षमता र अनुभवका आधारमा कर्मचारीको सरुवा गर्न लागिएको भन्दै उनले आगामी दिनमा चक्रीय प्रणालीबाट कर्मचारीको सरुवा हुने बताए।

मन्त्रालयका अनुसार दुर्गममा प्रशासनका ४० प्रतिशत र ६० प्रतिशत प्राविधिक कर्मचारीको पद रिक्त छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय