ख्रीष्टमसमा सार्वजनिक विदा दिन माग गर्दै सूर्योदयका प्रमुखलाई निवेदन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःइसाई धर्मावलम्बीहरुको वडा दिन ख्रीष्टमस तथा ख्रीष्ट जन्मोत्सवको अवसरमा सार्वजनिक विदा दिन माग गरिएको छ । मंगलबार सूर्योदय नगर इसाई समाज संरक्षण समितिले सूर्योदय नगरपालिका प्रमुख रण बहादुर राईलाई भेटेर औपचारिक रुपमा माग गदै सार्वजनिक विदा दिन अपिल गरेका छन् ।

२५ डिसेम्बरका दिन विश्वभरिका इसाई धर्मावलम्बीहरुले उक्त पर्व मनाउने गर्छन् । विसं २०६,०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । विगत केही बर्ष अघिसम्म सार्वजनिक विदा दिँदै आएको संघिय सरकारले पछिल्लो बर्षयता विदा कटौती गरेको हो। सम्बन्धित धर्मालम्बीलाई मात्रै सार्वजनिक विदा दिने गरेको छ । इलामको सूर्योदय नगरपालिकामा स्थानिय विदाका लाग कानुनि बाटो खोलिदिन भन्दै नगरप्रमुख रण बहादुर राइलाई सूर्योदय नगर इसाई समाज संरक्षण समितिले निवेदन दिईएको समितिका अध्यक्ष राजेन्द्र शिवाले जानकारी दिईए ।

नगरप्रमुख राईले प्रदेश र संघिय सरकार समक्ष छलफल गरि सार्वजनिक विदाका लागी पहल गर्ने बताएका छन् । संविदानले नै नेपाललाई धर्म निरपेक्ष मुलुक घोषणा गरेकाले सबै जातजातीले एकअर्काको पर्व र संस्कृतिको सम्मान गर्नुपर्ने उनले बताएका छन् । सूर्योदय नगरपालिका संधै धार्मिक,सामाजीक,सांस्कृतिक तथा जातिय एकताको पक्षमा रहेको भन्दै यस विषयमा आफुले पहल कदमी शुरु गर्ने आश्वासन दिईएका छन् । राईले नजिकिदै गरेको ख्री्रष्टमस को शुभकामना ब्यक्त गर्दै सबै धर्म सम्प्रदाय बिच एकता र भाईचाराको सम्बन्ध प्रगाढ बनाउनुपर्ने बताए । उनले सामाजिक तथा धार्मिक सत्भाव र एकताले मात्र एकढिक्का बन्न सकिने जनाउँदै अस्वस्थ्य प्रतिष्पर्धाले समाजमा विकृति मात्र देखा पर्ने गरेको उल्लेख गरेका छन् । यस पर्वलाई सभ्य र भव्य रुपमा मनाउन भन्दै कोराना भाईरसको नयाँ भेरियन्ट नेपालमा समेत फेला परेकाले स्वास्थ्य संवेदनशिलतालाई समेत ध्यान दिन राईले आग्रह गरेका छन् ।

शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम

सप्ताहा रुपमा मनाईने पर्वको उपलक्षमा गत आईतबार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम कन्याममा सम्पन्न भएको थियो । सूर्योदय नगर इसाई समाज संरक्षण समिति जवान समुहको आयोजनामा कार्यक्रम गरिएको हो । देश तथा विदेशमा छरिएर रहेका इसाई धर्मावलम्भिहरुको महान चाढको शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा स्थानिय कलाकारहरुले आफ्आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । आयोजक समितिका अध्यक्ष राजेन्द्र शिवाको अध्यक्षता एवं सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं ७ का अध्यक्ष लेखनाथ खड्का र ६ नं वडाका अध्यक्ष शिब कुमार बस्नेतको विशेष आतिथ्यता रहेको थियो भने इलाम जिल्ला ईसाई समाजका अध्यक्ष पास्टर तिर्थ राई विशिष्ट आतिथी थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय