प्रथम वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १० बिजयी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिकामा शुरु प्रथम वडास्तरीय सूर्योदय मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १० ले विजयी शुरुवात गरेको छ । सनिबार सम्पन्न उद्घाटन खेलमा वडा नम्बर १० ले वडा नम्बर ७ लाई पराजित गरेको हो। खेलमा १ का विरुद्ध ४ गोल गरि वडा नम्बर १० बिजयी भएको थियो । उद्घाटन सत्रमा दुईवटा प्रतियोगिता गर्ने भनिएपनि वर्षातका कारण एउटा खेल मात्रै गरिएको थियो । नगर खेलकुद विकास समितिको आयोजनामा सूर्योदय ९ स्थित एमएफसी खेल मैदानमा प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको सूर्योदय नगरपालिका नगर प्रमुख रणबहादूर राईले उद्घाटन गरे ।

नगर खेलकुद विकास समितिका अध्यक्ष शरण राईको अध्यक्षतामा भएको उद्घाटनमा जिल्ला समन्वय समिति उप–प्रमुख चित्रकला बराइली, सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गादेवी भट्टराई, झापा फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, जिल्ला फुटबल संघ इलामका उपाध्यक्ष मणि गुरुङ्ग, प्रदेश फुटबल संघको सदस्य ज्ञानु राई, सूर्योदय नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजकुमार सेरेङ्ग, वडा नम्बर २ का अध्यक्ष चन्द्र सुब्बा, ७ का वडाध्यक्ष लेखनाथ खड्का, ९ का देबेन्द्र शर्मा, १० का वडाध्यक्ष पेमा उगेन लामा, १२ का वडाध्यक्ष डोलेन्द्र भारद्धाजको उपस्थिति रहेको थियो ।

मौसमका कारण खेलमैदानमा समस्या आएकाले आजको खेल नहुने सूर्योदय नगरपालिका ९ का वडासदस्य जय राईले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय