अब कक्षा १ देखि नै लेटर ग्रेडिङः ६० मिनेटको एक घण्टी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ ९अक्षराङ्कन० विधि ल्याउने भएको छ ।मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका छन् ।

अब कक्षा १ देखि १२ सम्म एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट विद्यार्थीहरुको मूल्याकंन हुने मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले जानकारी दिए । यसअघि एसईई, कक्षा ११ र १२ मा मात्र लेटर ग्रेडिङ पद्धतिबाट विद्यार्थीहरुको मूल्यांकन गरिन्थ्यो भने अरु कक्षमा अंकबाटै मूल्यांकन गर्ने प्रणाली थियो ।

निर्देशिकाअनुसार न्यूनतम ३५ प्रतिशत ९१।६ जीपीए० अर्थात् विषयगतमा डी ग्रेड हासिल भए मात्र विद्यार्थीहरु माथिल्लो कक्षामा जानेछन् । १।६ जीपीए भन्दा कम प्राप्ताङ्क आएमा विद्यार्थी अनुत्तीर्ण रहेको स्वतः जनाउनेछ ।

विद्यालय स्तरको सिकाइ उपलब्धिको मापन गर्न प्राप्तांक स्तरलाई आठ वटा अक्षरगत स्तरमा सूचित गरिएको छ । अब कक्षा १ देखि नै विद्यार्थीको मूल्यांकन गर्दा सर्वोत्तम ९ए प्लस०, अत्युत्तम ९ए०, उत्कृष्ट ९बी प्लस०, उत्तम ९बी०, सन्तोषजनक ९सी प्लस०, ग्राह्य ९सी०, आधारभूत ९डी० र अवर्गीकृत ९एनजी० उल्लेख हुनेछ ।

विद्यार्थीले माथिल्लो कक्षामा जान लिखित र प्रयोगात्मक परीक्षामा छुट्टाछुट्टै न्यूनमत अङ्क प्राप्त गरेको हुनुपर्छ । विषयगत रुपमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अर्थात् डी ग्रेड र प्रयोगात्मकतर्फ कम्तीमा सी ग्रेड प्राप्त गरेकै हुनुपर्छ ।

निर्देशिका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ । त्यसबाट प्राप्त अङ्कलाई ग्रेड सिटमा अक्षर ग्रेडमा रुपान्तरण गरिनेछ ।

दुई विषयसम्म तोकिएको ग्रेड नल्याएका विद्यार्थीले तीन वर्षसम्म ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । यसरी दिएको परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसके अर्को वर्ष सम्पूर्ण विषयको परीक्षा दिनुपर्नेछ ।

६० मिनेटको एक घण्टी

निर्देशिकाले विद्यालय तहको पाठ्यघण्टाको समयावधि पनि बढाएको छ । यसअघि ४५ मिनेटको एक घण्टी रहँदै आएकामा नयाँ निर्देशिकाले ६० मिनेटको एक घण्टी बनाएको हो । तर, विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्नसक्ने सुविधा दिएको छ । onlinekhabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय