गल्ती गर्ने र सच्याउने दुवै निर्णय ऐतिहासिक कसरी हुन्छ कमरेड ?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

शान्ति प्रक्रिया शुरुआतसँगै माओवादी पार्टीभित्र शान्तिपूर्ण क्रान्तिको कार्यभार के हो भन्ने बहसको आवश्यकता थियो। अन्तरिम संसद गठन, शान्ति सम्झौता हुँदै संविधानसभाको निर्वाचनसम्म पुग्दा माओवादीले बदलिएको परिस्थिति अनुसारको नीति, कार्यक्रम र योजना निर्माण गर्नुपर्ने थियो। नेतृत्व स्तरमा के बहस हुने गर्दथे, हामी त्यत्ति धेरै बुझ्न सक्दैनथ्यौं। तर म र मेरो कमिटीमा पहिलो संविधानसभाको चुनावी कार्यक्रमको घोषणासँगै पार्टीले सुधार्नु र स्वीकार्नुपर्ने विषयमा व्यापक बहस हुने गरेका थिए।

आज १४ वर्षपछि तत्कालीन अवस्थामा हामीले उठाएका विषयलाई पार्टी र नेतृत्वले कमजोरीको रूपमा संश्लेषण गरेको छ। समय हुँदै सही निर्णय गर्न सकेको भए के हुनेथियो, त्यो अलग पाटो हो तर समस्या पहिचानमा नेतृत्व भन्दा १४ वर्ष जेठो भएकोमा आत्मसन्तोष गर्न सकिने अवस्था अवश्य रहेको छ। आज यो सानो आलेखमा यही पृष्ठभूमिमा लेख्ने जमर्को गर्दैछु ।

२०६४ सालको संविधानसभाको कार्यनीतिमा ‘मुखमा चुनाव दिमागमा विद्रोह’ तय भयो। त्यो कार्यक्रम अपरिपक्व र तत्कालीन कार्यकर्ताको मनोविज्ञानलाई हेरी लिइएको भावनात्मक निर्णय थियो। चुनाव त्यतिबेला निर्विकल्प थियो। तर चुनाव हुनुपर्छ भनेर बोल्दा पार्टीभित्र दक्षिणपन्थीको आरोप खेप्नुपर्ने आवश्यकता थियो। संविधान निर्माणसम्म सचेत पहल र जनपरिचालनले नयाँ समीकरण र शक्ति सन्तुलन पैदा गर्न सके जनविद्रोह सम्भव छ भनेर असहमति राख्दै संविधानसभाको चुनावमा सक्रियतापूर्वक सहभागी भयौं।

ठूलै हत्याकाण्डकै बीचमा दाङमा चुनाव सम्पन्न भयो। सत्तापक्षले दमनको बाटो लियो। उनीहरुले कत्लेआमको नीति लिए। सात जना माओवादी कार्यकर्ताको हत्याकाण्ड मच्चाइयो। उक्त काण्डपछि हामीले रगतले भिजेको शरीरले पार्टी नेतृत्वलाई प्रश्न गर्‍यौं( खोइ, तपाईंहरुले भनेको विद्रोह कतिबेला हुन्छ रु न चित्तबुझ्दो कार्यक्रमको मानसिक बोध भयो, न नेतृत्वको सहयोग। हामीले जिल्लामा सरकारी दमनको हिंसा र आतंक झेल्दै चुनौतीपूर्ण अवस्थामा अगाडि बढ्यौं।

चुनाव सम्पन्न भएसँगै समानुपातिक संसद चयनमा पार्टीको निर्णय पछि हामी हाम्रो स्तरमा ठूलै बहसमा जुट्यौं। पार्टीले राष्ट्रको मनोविज्ञान केन्द्रित गर्दै आम जनसहभागितामा विद्रोह गर्नेछ भन्ने मानसिकतालाई १८० डिग्रीमा घुमाइदिने गरी गरिएको निर्णयले पार्टी विद्रोह या थप क्रान्ति या जनवादी क्रान्तिको पूर्णताको दिशामा छैन भन्ने अन्तिम जस्तै निष्कर्ष हाम्रो बहसको थियो।

हामीले चलाएका बहस ‘मिनी बैठक’को नामले दाङ जिल्लाको माओवादी आन्दोलनमा सुपरिचित छ। हामीले व्यक्तिले अवसर पाउने र नपाउने विषयमा बहस कहिल्यै गरेनौं। जनमुक्ति सेना, लाखौं कार्यकर्ता सहितको जनयुद्धलाई विद्रोहको नयाँ रूपमा उठाउन सक्छौं कि सन्दैनौं भनेर बहस गर्‍यौं।

निर्णय गर्दा पनि ऐतिहासिक भयो भनेर प्रशंसा गर्ने र त्यही निर्णय गलत गरिएछ भनेर समीक्षा गर्दा ऐतिहासिक भयो भनिन्छ। यही पंक्तिको घेराले अहिले प्रचण्डपथलाई विचारधारामा विकास गरौं भन्दै ताली बजाइरहेको छ। उक्त जमातको घेरामा बसेर पार्टीलाई प्रतिस्पर्धामा उतार्न असम्भव छ
विद्रोह संगठित गर्न के गर्नुपर्ने थियो र तत्कालीन अवस्थामा पार्टीले गरेको निर्णयले के के सन्देश दिएको छ भन्नेमै हाम्रो बहस थियो। हामीले आलोचना र असन्तुष्टि हैन समस्याको समाधानको योजना सहित बहस गरेका थियौं। नेतृत्वलाई फुर्सद हुने र बुझ्ने चाहना हुने हो भने अहिले पनि सजिलै तत्कालीन विषय र बहस बुझ्न सकिन्छ। माओवादी पार्टी विभाजन, तत्कालीन समयमा भएका हाम्रा बहस, पहिलो संविधानसभाको असफलतामा हाम्रो बहस, दोस्रो संविधानसभाको हरेक समयमा गरिएका हाम्रा बहसहरू तत्कालीन समय सुनिदिने कोही नभए तापनि आज पार्टीको दस्तावेजमा उल्लेख हुँदा गर्वानुभूति भएको छ।

आज महाधिवेशनमा धेरै बहस चलिरहेका छन्। अध्यक्षले प्रस्तुत दस्तावेजमा कम्युनिष्ट कार्यदिशालाई नयाँ ठाउँमा लैजान खोजेको देखिन्छ। नेपाली मौलिकताको समाजवाद प्राप्तिको बाटो शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटो नै हो भन्ने स्पष्ट छ। क्रान्तिकारीको सचेत पहलले जनसमुदायको मन जितेर प्रतिस्पर्धाबाटै समाजवादमा जाने बाटो नै माओवादीको आगामी दिनको बाटो हो। यसलाई सरल ढंगले कार्यकर्तालाई बुझाउने, जनतालाई प्रशिक्षित गर्ने र आगामी योजना बनाउने सरल बाटो हो। तर मैले यस महाधिवेशनमा समस्याहरूलाई नयाँ ढंगले विकास गर्ने सचेत पहल देखिंदैछ।

पार्टीले सैद्धान्तिक रूपमै राजनैतिक बाटो परिवर्तन गरेको छ। पार्टीले गम्भीर समीक्षा गर्दै नयाँ बाटोलाई आत्मसात् गरेको छ। पुरानो बाटो हिंड्दा गरिएका कमजोरीको समीक्षा नै यो दस्तावेजको प्रमुख पक्ष हो। समस्याको संश्लेषण नै यस दस्तावेजको प्रधान संश्लेषण हो। अन्य विषयमा प्रवेश गरेको मात्र छ। थप व्याख्या, कार्यान्वयनसँगै संश्लेषण हुन समयको माग गर्दछ।

जनयुद्ध हुँदै आजसम्म नेपाली समाजलाई डोर्याउने विचार माओवादी विचार र माओवादी नेतृत्व नै हो। हिजो हामीले विचार शृङ्खलालाई प्रचण्डपथको रूपमा संश्लेषण गरौं। विचार के नाममा छ, त्यो महत्वपूर्ण हुँदैन, विचार कार्यान्वयन गरियो कि गरिएन भन्ने मुख्य कुरा हो। आज कमजोरी संश्लेषण गरेका छौं। कमजोरीलाई कार्यकर्ताले छूट दिएका छन्। नेतृत्वले अहिले चलेका बहसलाई यही रूपमा बुझ्नुपर्दछ। समाधानको प्रारम्भिक बीजारोपण भएको छ। यसलाई विकसित गर्न आवश्यक छ।

धम्काएर बार्गेनिङ गर्ने र चाप्लुसी गरेर स्वार्थ पूरा गर्ने दुई प्रवृत्तिको घेराभित्र नराम्ररी जकडिएर नै नेतृत्व आजको अवस्थामा पुगेको हो। मनोगत र अति आत्मविश्वास पैदा हुने आधार कमिटीमा आलोचक चेतना नहुनु नै हो। तलबाट जबर्जस्त उठेका आवाजहरूलाई माथिल्लो कमिटीमा लिएर छलफल गर्न सक्ने र चाहने नेतृत्वको अभावले यस्तो भएको हो। यतिसम्म विडम्बनापूर्ण काम हुन्छ कि एकै दिनको बैठकमा एक व्यक्ति एक समितिको निर्णयले अध्यक्ष बन्छ र लगत्तै उसलाई अर्को जिम्मेवारी दिइन्छ। तर उक्त परिवर्तित निर्णयको स्वामित्व कमिटीले लिने अवस्था हुँदैन। गलत भइरहेको छ भनेर सदस्यहरुले धारणा बनाउने र कुरा उठाउन पनि सक्दैनन्। पार्टीभित्रको वातावरण नै त्यस्तो छ। यो मनोविज्ञान पार्टीभित्र रहँदासम्म पार्टीमा विधि र विचार संस्थागत हुन सक्दैन।

आलोचनात्मक विचार सुन्ने र त्यसलाई पार्टी निर्माणमा प्रयोग गर्ने आँट नेतृत्वले गर्नुपर्दछ। पार्टी निर्माणका लागि स्वच्छ चाहनाबाट अभिव्यक्त भएका सुझावलाई ग्रहण गर्ने आँट गर्नुपर्दछ। विचारको विकास र संश्लेषण, पार्टी अनुशासन र विधिको विकास, परिवर्तित कार्यदिशाको सही प्रयोग र विकास गर्न आवश्यक नेतृत्वको ग्रुप तयार गर्न आवश्यक छ। मुख्य नेतृत्वको स्पष्टतालाई ठीक ढंगले बुझ्न र आत्मसात् गर्न सक्ने, संगठनमा व्यावहारिक र वस्तुवादी विधिलाई व्यवस्थित गर्न सक्ने टीम आवश्यक छ।

निर्णय गर्दा पनि ऐतिहासिक भयो भनेर प्रशंसा गर्ने र त्यही निर्णय गलत गरिएछ भनेर समीक्षा गर्दा ऐतिहासिक भयो भनिन्छ। यही पंक्तिको घेराले अहिले प्रचण्डपथलाई विचारधारामा विकास गरौं भन्दै ताली बजाइरहेको छ। उक्त जमातको घेरामा बसेर पार्टीलाई प्रतिस्पर्धामा उतार्न असम्भव छ। विश्वराज आचार्यले अनलाईनखबरमा लेख्नुभएको सामाग्री साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय