फिक्कलःप्रथम वडा स्तरिय सूर्योदय मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ११ ले चुमेको छ । इलामको सुर्योदय नगरपालिका–९ पान्दाममा गत पुष १० गतेबाट जारी प्रतियोगिताको उपाधि भिडन्तमा वडा नं १२ पराजीत बनेको छ । खेलको २१ औँ मिनेटमा वडा नं ११ को तर्फबाट जर्सी नं १० का खेल्लाडी सेखर राईले गरेको गोल नै निर्णायक बन्यो । उपाधि संगै बिजेताले नगद १ लाख र उपविजेताले ६० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । सेमीफाइनल खेलमा वडा नं १० माथि ३–१ गोल अन्तरको जीत निकाल्दै वडा नं १२ ले फाइनलमा स्थान बनाएको थियो भने वडा नं ११ ले वडा नं १ माथि ४–० गोल अन्तरको जीत निकालेको थियो।




सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न फाईनल प्रतियोगितामा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यता एवं लिग संयोजक विज्ञानराज शर्मा को विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा १४ वटै वडाका अध्यक्षहरुको तर्फबाट ९ का वडाध्यक्ष देवेन्द्र शर्माले शुभकामना मन्तब्य राखेका थिए । मिलियन फ्रेन्डस क्लबको संयोजनमा संचालित प्रतियोगिता को समापन अवसरमा विभिध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।


