इलामको सूर्योदयमा नागिन डान्स सेन्टर संचालनमाः ओझेलिएका प्रतिभा उजागर गराउने उद्धेश्य

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलः इलामको सूर्योदयमा नागिन डान्स सेन्टर संचालनमा आएको छ । सूर्योदय नगरपालिका वडा नं १३ लक्ष्मिपुरमा गायक प्रविन बिसीले डान्स सेन्टरको शुभारम्भ गरेका हुन् । बिहिबार वडाध्यक्ष धन बहादुर राईले रिबन काटेर सेन्टरको उत्घाटन गरे । थुप्रै कलाकार जन्माएको सूर्योदय नगरपालिकामा उपर्युक्त नृत्यकक्षाको भने अभाव थियो ।

विशेषगरि ग्रामिण भेगमा ओझेलिएर बसेका प्रतिभाहरुलाई उजागर गर्ने उद्धेश्यले नृत्य कक्षाको शुरुवात गरिएको प्रो प्रविन बताउँछन् । उनले भने,‘नृत्य एक कला हो, जसले लयबद्ध वा संगितको तालमा शरीरको चाललाई दर्शाउँछ । शरीरका अंग चलायर मात्र नृत्य हुँदैन । यस्का लागी उपर्युक्त कलाको खाँचो पर्छ । कलाको विकास दक्ष ब्यक्तिबाट कक्षा लिएर गर्न सकिन्छ । सूर्योदय क्षेत्रमै नृत्यकक्षाको अभाव रहेका बेला नयाँ प्रतिभा खोजीगर्ने अभिप्रायले हामीले शुरुवात गरेका हौ । ब्यवसायीक रुपमा सफल हुन केही चुनौती होलान् तर आशा छ प्रतिभाहरुको पहिचान गरि फुलाउने चेष्टा हामी गर्छौँ ।’

सानो क्षेत्रमा शुरुवात गरेपनी सबैको चासो र साथ पाएकाले सफलता पाउनेमा उनी ढुक्क छन् । भन्छन्,‘यस आसपासका क्षेत्रमा सिक्न चाहेर पनी ठाँउ नपाएका बालबालिका थुप्रै छन् । आशा छ सबै अविभावकले आफ्ना बालबच्चाको उज्जल भविष्यका लागी नृत्यकक्षामा सहभागी गराउनुहुनेछ । भर्ना धमाधम भैरहेको बताउँदै बिसीले भने, यतिबेला केही छुटको ब्यवस्था पनी गरेका छौँ । जिल्लाभरिका बालबालिका समेट्ने लक्ष्य छ । सहभागिता बड्दैगएमा फिक्कल लगायत अन्य ठाँउमा शाखा खोलेर संचालन गर्नेछौँ ।’

साँच्चै थुपै कलाकार जन्माएर राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा परिचय स्थापित गराउन सफल इलामको सूर्योदयमा नृत्य कक्षाको भने अभाव थियो । उत्घाटन कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष राईले वडाले कलाक्षेत्रलाई प्रोत्साहन दिईएको बताए । चुनौतीका बिच कक्षा शुरु गरेको भन्दै सफल बनाउन बडाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । मनोरञ्जन मानिसका लागी महत्वपुर्ण रहेको भन्दै बालबालिका कुलतमा फस्नबाट जोगाउन समेत सारथी बन्न सक्ने उनले बताए ।

आयोजकका बिशाल बिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष हेम प्रसाद कट्टेल, नेपाली कांग्रेस वडा सभापति सोम राई, ज्योति मावि का ब्यवस्थापन समिति अध्यक्ष दिननाथ मिश्र, शिक्षकद्धय हरि आचायर्, दिपक पौडेल, युवा उद्योगी रुपेन्द्र राई, प्रहरी कार्यलय लक्ष्मीपुरका प्रमुख एसराज राजबंशी, नेपाल पत्रकार महासंग इलाम कार्य समिती सहसचिव प्रेम अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

बिसीका बाबुआमाले छोराले गायनमा सफलता पाउँदै गएको बताए । आफ्नै ठाँउमा क्षमतावान नृत्यकार उत्पादन गर्ने छोराको चाहानामा सघाउने जनाएका छन् । राष्ट्रिय युवा संघ प्रदेश एकका सदस्य बिष्णु भट्टराईले कार्यक्रमको संचालन गरेका थिए । पत्रकारीता क्षेत्रमा लामो समय काम गरेका भट्टराईले नृत्यले मनोरञ्जन मात्र नभएर स्वास्थ्य तन्दुरुस्त बनाउने बताए । सहरकेन्द्रित नभई जन्मभुमिमा चुनौतीको सामना गर्दै डान्स सेन्टर सुरुवात गरेकोमा बिसी परिवारलाई धन्यवाद दिईएका छन् । नृत्यकक्षाको सहजिकरण नृत्यकारद्धय संकोच श्रेष्ठ र तेज मगरले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय