पढ्दै कमाउँदै कार्यक्रममा इलामका दुई विद्यालय छानिएः कस्ता विद्यार्थीले पाउँछन् १४ करोड ?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः​सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि इलामका दुई विद्यालय छनोट भएका छन् । फाकफोकथुम गाउँपालिकाको सिंहदेवी मावि र चुलाचुली गाउँपालिकाको जनता मावि छनोटमा परेका हुन् । उक्त कार्यक्रम अन्तर्गत देशभरबाट एक सय ४० सामुदायिक विद्यालय छानिएका छन्।

सिंहदेवी मावि बाली विज्ञान तर्फ र जनता मावि कृषि कार्यक्रम तर्फ छनोटमा परेका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधबार सूचना जारी गर्दै चैत ८ गते बसेको निर्देशक समितिको बैठकले विद्यालय छनोट गरेको जानकारी दिएको हो।

यो कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि २०७८ गत पुस २७ गते जारी गरि गरेको थियो। विकास केन्द्रले यो कार्यक्रम सञ्चालन गर्न सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरेको थियो।

पढ्दै कमाउँदै कार्यक्रमको १४ करोड कस्ता विद्यार्थीले पाउँछन्?

​कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गर्न छनोट भएका विद्यालयका विद्यार्थीले कृषि ९बाली विज्ञानरपशु विज्ञानरबागवानी०, इन्जिनियरिङ ९सिभिलरइलेक्ट्रिकलरकम्प्युटर०, पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउनेछन्।

त्यस्तै वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट ९मौरीपालन, च्याउ खेती र रेसम खेती० गर्न विद्यार्थीले सशर्त अनुदान पाउने छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय