इलाम नगरपालिकाको नगरसभाः कृषि र पर्यटन प्राथमिकतामा

द्वारा प्रकाशित गरिएको हो |
२०७९ असार १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामःजिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाले कृषि र पर्यटनलाई मूख्य प्राथमिकतामा राखेको छ । नगरवासीको जिवनस्तर उकास्दै मूलुकमै नमूना नगरपालिका वनाउन नगरपालिकाको योजना रहेको छ । ११ औं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, वनवातावरण, सामाजिक विकास, आर्थिक विकास, शुसासन लगायत क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ ।
विहीवार सुरु भएको नगरसभामा उपमेयर विष्णु दाहाल लिम्वुले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्व प्रधानमन्त्री विपी कोइरालाप्रति सम्मानकालागि गरिवस“ग महामानव विशेश्वर कृषि विकास कार्यक्रम सञ्चालन गरि कृषि क्षेत्रलाई प्रर्वधन गर्ने उदघोष गरिएको छ । यस अन्तर्गत गाईपालन, माछापालन र मौरी पालन साथै चिया, किवी, सुन्तलालगायतका कृषि उत्पादनलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै स्थानीय कच्चा पदार्थ र सीपमा आधारित पर्यटक लक्षित मायाको चिनो तथा कोसेली उत्पादन र चिया, दुधजन्य उत्पादनको वजारिकरणमा सहकारि संस्थास“ग सहकार्य गरि वजारकालागि सहज गरिने कार्यक्रममा उल्लेख । पर्यटन क्षेत्रको प्रर्वधनकालागि नगरको पाटेनागीसहित छिमेकी स्थानीय तहहरुस“ग पर्यटकीय क्षेत्र प्रर्वधनकालागि सहकार्य गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तै इलाम अस्पतालमा स्थापित हेल्प डेक्सलाई व्यवस्थित ढंगले संचालन गर्ने र इलाम मेडिकल कलेजको स्थापनाकालागि नगरपालिकाको दायित्वमा पर्ने जग्गा व्यवस्थापन गर्ने कार्यलाई छ महिना भित्र पूरा गर्ने लक्ष लिएको छ । इलाम नगरको शैक्षिक गुणस्तर अभिवृद्धिकालागि सुझाव पेश गर्ने समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्दै लगिने र शैक्षिक गुणस्तर बढाउन अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गराउने नीति नगरपालिकाले लिएको छ ।
‘जन अपेक्षा धेरै भएको अवस्थामा सीमित स्रोत र साधनको प्रयोगले अधिक्तम काम गर्नु पर्ने अवस्था छ,’ नगर प्रमुख केदार थापाले भने, ‘हामी ५ वर्षमा नगरलाई समूनन्नत इलाम सम्पन्न इलामेली बनाउने अभियानमा निस्वार्थरुपमा कृयाशिल रहने छौं ।’
विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति सहयोगकालागि ‘मेयर छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।
स्थानीय तहको दोस्रो निर्वाचनपछि भएको पहिलो नगरसभामा महिलाको क्षमता विकासकालागि उपप्रमुख महिला सीप विकास कार्यक्रमलाई निरन्तरता दिने नगरको योजना छ । इलाम नगरपालिकाका पहिलो चेयरमेन तथा इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने समाजसेवी तथा शिक्षासेवी पदमवहादुर देवानको सम्मानमा ‘पदम वहादुर देवान शैक्षिक विकास कार्यक्रम’ सञ्चालन गर्ने, जिल्लाको पुरानो आदर्श माविलाई जिल्लाकै सुविधा सम्पन्न उत्कृष्ट अगुवा विद्यालय वनाइने नीति तथा कार्यक्रममा जनाइएको छ । इलाम नगरपालिकाको आर्थिक समुन्नतीकालागि वडाहाकीम गजराजसिंह थापाको स्मृति प्रतिष्ठान स्थापना गरिने भएको ।
दलित समूदायका यूवा वर्गको विकास तथा विगतमा दलित वर्गको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने समाजसेवी कमलवहादुर शिवाको सम्मानकालागि कमल वहादुर शिवा युवा विकास कार्यत्रम सञ्चालन गरिने कार्यक्रम राखिएको छ ।
नगरको स्वास्थ्य, राजनीति तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पूर्णलाल श्रेष्ठको सम्मानमा पूर्णलाल श्रेष्ठ स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने भएको छ । वैंक स्थापना नभएको वडामा वैंक स्थापनाकालागि आवश्यक पहल गरि सामाजिक सुरक्षा भत्ता वडा तहवाटै वितरण गरिने नीति लिएको छ । इलाम नगरलाई रहरलाग्दो सहर, बसौ बसौं लाग्ने गाउ“को अवधारणा अनुरुप बासोबासलाई व्यवस्थित गरिने नीति नगरले लिएको छ ।
स्थानीय भाषा तथा संस्कृति संरक्षणको नीति अवलम्बन गरि यसकालागि भाषिक, सांस्कृतिक क्षेत्र तथा सम्पदाको संरक्षण गर्न सम्वद्ध संस्थामार्फत काम गरिनेछ । राई लिम्वु नेवार सुनुवार लेप्चा जातिको सांस्कृतिक विकासमा ध्यान दिई लिम्वु, वान्तवा राई र नेवारी भाषाको उत्थानकालागि तालिम सञ्चालन गर्ने र अन्य जातिको भाषिक विकास तथा विगतमा राजनीतिक अधिकार प्राप्तीको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भक्तवहादुर देवानको सम्मनकालागि ‘भक्तवहादुर देवान भषा संरक्षण कार्यक्रम’ लाई क्रमकिरुपमा सहयोग गर्ने । साथै एक वाड एक खेल मैदानको निर्माण तथा सुधार कार्यलाई निरन्तरता दिने कार्यक्रम अवलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय