
फिक्कलः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० नवौँ जिल्ला कार्यसमिति इलामको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । प्याब्सन अध्यक्ष रगुन गुरुङको अध्यक्षता एवं जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपप्रमुख चित्रकला बराईलिको विशेष आतिथ्यता थियो भने इलाम नगरपालिकामा प्रमुख केदार थापा र प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा विभिन्न पदमा नव निर्वाचितहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रम गरिएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् । शुभकामना तथा बधाई पत्र माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेबे,इलाम नगरपालिका वडा नं १० अध्यक्ष दिलिप प्रधान, प्याब्सन केन्द्रीय उपाध्यक्ष युवराज बाशिस्ट, सदस्य विकास कर्माचार्य लगायतलाई हस्तान्तरण गरिएको थियो।



होटल ग्रिनभ्यु इलाममा सम्पन्न कार्यक्रममा विभिन्न शैक्षिक गतिबिधि सम्बन्धमा छलफल चलाईएको थियो भने कार्यक्रमको संचालन सचिव छवि लम्सालले गरेका थिए।