बुद्धवाणी एफएमका अध्यक्ष महत सहित ४८ जना सम्मानितः १ अर्ब ३५ करोड बढीको बजेट सार्वजनिक

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७९.८० को बजेट निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । सनिवार फिक्कल नमुना मा.विको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै १ अर्ब ३५ करोड ७९ लाख ५७ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । कार्यक्रमको अवसरमा नगरपालिकाले रेडियो बुद्दवाणी एफएमका अध्यक्ष दिनेश कुमार महतलाई सम्मान गरेको छ। लामो समयदेखि संचारमाध्यममा आवद्ध भई निष्पक्ष र स्वतन्त्र पत्रकारिता गरेको भन्दै नगरपालिकाले सम्मान गरेको हो। पत्रकारिताको माध्यमबाट सूर्योदय नगरपालिकाले गरेका सकारात्मक कामको प्रचार र खबरदारी सहितको समाचार सम्प्रेषण गरेकोमा धन्यवाद दिँदै सम्मान गरिएको हो । महत विभिन्न संचारमाध्यममा आबद्ध हुँदै विगत ६ बर्षयता रेडियो बुद्दवाणी एफएममा संस्थापक अध्यक्ष र स्टेशन म्यानेजरका रूपमा कार्यरत रहेका छन्। नगरपालिका ले महत सहित ४८ जना विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरेको छ । नगरपालिकाले यस पटकको बजेटमा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको प्रवक्ता ख्याम भुजेलले जानकारी दिए।

नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नम्बर एक संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुले नगरपालिकाले ल्याएको बजेटको प्रशंसा गरिन्। लैङ्गिक समानताका आधारमा बजेट ल्याएको भन्दै पुर्ण कार्यान्वयनको शुभकामना व्यक्त गरेकी छन् । लिम्बुले स्थानीय सरकार संग प्रदेश संगसंगै रहेकाले हातेमालो गर्दै अघि बढ्ने बताएकी छन् । तिनै तहको सरकारका बिचमा समन्वय आवश्यक रहेकोमा उनको जोड थियो । मन्त्री लङ्वाले लोकल रक्सी र स्थानीय उत्पादन ब्रान्डीङ गर्ने कार्यमा पर्यटन मन्त्रालय लागिरहेको जानकारी गराएकी छन् ।

कार्यक्रमका अध्यक्ष नगर प्रमुख राईले संविधानले दिएका अधिकार भित्र रहेर कानुन बनाउने तथा कार्यान्वयन गर्ने कार्यमा आफुहरु रहेको बताए। सूर्योदय नगरपालिकाका थुप्रै योजना पुरा हुन बाँकी रहेकाले काम धमाधम गरिने दाबी गरेका छन्। राईले विभिन्न पालिकाले करारका कर्मचारी हटाईरहेको भन्दै आफुहरु त्यसो नगर्ने बताएका छन् । नैतिक अनुशासन गुमाएकालाई बाहेक करारका कर्मचारी हटाएर नयाँलाई ल्याउने कुरा पक्षपात हुने उनेको भनाई छ । उनले भने, “पाँच बर्षको ऊर्जाशील समय खर्च गराएर उनिहरुलाई हटाउनु अन्याय हुन्छ सूर्योदय नगरपालिकाले त्यसो गर्दैन ।”

कार्यक्रममा नर्वदा कल्याण बोर्डीङ स्कुल मेहेलबोटेका प्रिन्सिपल सफल राई, नेपाली कांग्रेस सूर्योदय नगर सभापति जिवन नेपाल,माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे, जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराईलि, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई,नगर उपप्रमुख दुर्गा कुमार बराल,संविधान सभा सदस्य लिला देवी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय