इम्सङ् दम्पतीले जग्गादान गरेपछि जनप्रिय टोलमा बन्यो नाग मन्दिर

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं १ स्थित जनप्रिय टोल सिमधापमा नाग मन्दिर निर्माण सम्पन्न भएसँगै उत्घाटन गरिएको छ ।

स्थानीय समाजसेवी नेत्र बहादुर इम्सङ् र उनकी श्रीमती रत्नमाया इम्सङ्ले निशुल्क जग्गा दान गरेपछि मन्दिर निर्माण भएको हो ।

नाग पञ्चमीको अवसरमा नवनिर्मित मन्दिरको उत्घाटन गरिएको हिमालय मावि गोर्खेका शिक्षक सागर पोख्रेलले जानकारी दिएका छन् । मन्दिर वडाबासीको धार्मिक आस्थाका रुपमा रहेको पोख्रेलले बताए ।

मन्दिरमा नाग देवताको‌ बास रहनेमा स्थानीय विश्वस्त छन् । विधिपूर्वक नाकको पुजा गरे टोलमा सुख शान्ति कायम हुने र धार्मिक आस्था र विश्वास पुस्तान्तरण हुँदै जाने मन्दिर निर्माण समितिका अध्यक्ष कुल बहादुर ईम्सङले बताएका छन् ।

कार्यक्रमको अवसरमा जग्गा दाता दम्पती र मन्दिर निर्माणमा‌ सहयोगी बनेका आदेश अधिकारीलाई सम्मान गरिएको छ । मन्दिरको उत्घाटन पण्डित बासुदेव ढकालले मन्त्रोच्चारण बाट विधिवत् रूपमा गरेका थिए ।

मन्दिरको रङरोगन साथै थप संरचना निर्माणका लागी स्थानीय सरकारले आवश्यक सहयोग गरिदिन टोलबासीले आग्रह गरेका समेत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय