
फिक्कलः ग्रामिण भेगमा संचालित इलामको नर्बदा कल्याण बोर्डिङ स्कुल सुर्योदय नगरपालिका (३ मेहेलबोटे शैक्षिक उपलब्धि हाँसिल गर्ने विद्यालय बनेको छ । यहि साता प्रकाशित एसइइ परिक्षाफल अनुसार उक्त विद्यालयका प्रज्वल बरालले ३।७५ जिपिए ल्याउँदै जिल्ला प्रथम बनेपछि विद्यालयको गरिमा समेत बढेको हो । प्रज्वल जस्तै मर्निङ ग्लोली स्कुल मंगलबारेकी ममता डाँगी र इलाम नव प्रतिभा बोडिङ स्कुल बाँझोकी ग्रिष्मा राई पनि ३।७५ जिपिएका साथ जिल्लाका उतकृष्ठ अंक ल्याउने बिद्यार्थीमा परेका छन् । यस वर्ष ३।७५ अंक ल्याएका जिल्लाका तीन जना विद्यार्थी उत्कृष्ठ भएका हुन् । उनीहरुको यो नतिजा जिल्लाकै सर्वोकृष्ठ हो ।
प्राय सँधै जिल्ला सदरमुकामका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मात्र उत्कृष्ठ अंक ल्याउने गरेको भएपनि यस वर्ष उत्कृष्ठ अंक ल्याउने विद्यार्थी सदरमुकाम भन्दा बाहिरका रहेका छन् । मंगलबारे, सुर्योदय नगरपालिकाको मेहेलबोटे र बाँझोका विद्यालय उत्कृष्ठमा पर्नु गौरवको कुरा भएको बिद्यालय सञ्चालकहरुको भनाई छ । विद्यार्थीहरुको कडा मेहेनत र विद्यालयको सक्दो सहयोगले गर्दा नै यो नतिजा आएको नर्बदा कल्याण बोर्डिङ स्कुलका प्रिन्सिपल सफल राईको भनाइ छ । मेहनत गरेर अध्यापन गराउने हो भने ग्रामीण क्षेत्रमा स्थापना भएका बिधालयले पनि राम्रो नतिजा ल्याउन सम्भव हुने उदाहरण नर्वदा कल्याण बोर्डिङ स्कुलकाबाट पुष्टि भयो ।
२०५५ सालमा स्थापना भएको इलाम नर्बदा कल्याण बोर्डिङ स्कुलमा हाल कक्षा १० सम्म पठनपाठन भइरहेको छ । यस विद्यालयबाट जम्मा २२ जना विद्यार्थीले २०७८ सालको एसइइ परिक्षा दिएकोमा प्रज्वल बरालले ए प्लस ल्याए , ४ जनाले ए र ११ जनाले बि प्लस र ६ जनाले बि ग्रेड ल्याएको बताइएको छ ।
विद्यालयमा प्रत्येक साता आन्तरिक मुल्यांकन, सातामा एक दिन पुस्तक विना नै अध्ययन र विद्यालय प्रविधिमा उच्च भएका कारण पनि विद्यार्थीहरुले राम्रो अंक ल्याएको विद्यालयका प्रिन्सिपल राईको भनाई छ ।
बिधालय समय बाहेक बिध्याथीलाई प्रत्यक्ष शिक्षकको निगरानिमा पठनपाठन गराउने गराईएको छ ।नर्बदा कल्याण बोडिङ स्कुल ग्रामिण क्षेत्रमा भएपनि कम्प्युटर बिज्ञान समेत पढाइ हुने गरेको छ । केहीदिन अगाडि मात्र सूर्योदय नगरपालिकाले उत्कृष्ठ प्रधानाध्यापकका रुपमा यस विद्यालयका प्रिन्सिपल राईलाई सम्मान समेत गरेको थियो ।
गुरूजी श्री १०८ मंगल दास जी महाराजको माता पिताको नाममा २०५५ मा गुरूजी श्री १०८ मोहन प्रियाचार्यजी महाराज, स्वामी श्री १०८ सदानन्द जी महाराज तथा सन्त श्री १०८ कृष्णदासजी महाराजज्यूहरूद्वारा गुरूजीको जन्मभूमि सूर्योदय नगरपालिका(३, मेहेलबोटेमा नर्बदा कल्याण बोडिङ स्कुलको स्थापना भएको हो । यो विद्यालय मंगल शैक्षिक विकास गुठीद्धारा संचालित रहेको छ ।


