इलामका स्थानीय तहको गुनासो कृषि ज्ञान केन्द्रप्रति

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः कृषि ज्ञान केन्द्र इलामले बनाउने बार्षिक कार्यक्रम र योजनाहरु आफूखुशि बनाउने गरेको जिल्लाका स्थानीय सरकारका प्रमुख उपप्रमुखले गुनासो गरेका छन् । केन्द्रले इलाम सदरमुकाममा आयोजना गरेको गत आर्थिक बर्षको कार्यक्रमको प्रगति एवं चालु आर्थिक बर्षको कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा स्थानीय तहका प्रमुख,उपप्रमुखले ज्ञान केन्द्रले छलफलै नगरी बिनीयोजन गरेको बजेट र कार्यक्रम छनौट गरेको गुनासो गरेका रेका हुन् । सरोकारवालाहरुसँग छलफल नै नगर बजेट र कार्यक्रम छनौट गर्दा प्रभावकारी बन्न नसक्ने हुँदा अबदेखि सम्बन्धित पालिकाहरुमा गएर नै सरोकारवालासंग छलफल गरेर कृषिका कार्यक्रम बनाउन सुझाव दिएका छन् ।

ज्ञान केन्द्र इलाममा संघिय र प्रदेश सरकारबाट चालु आर्थिक बर्षका लागि जम्मा ६ करोड ४६ लाख २० हजार रुपैंयाँ बजेट बिनीयोजन गरेको छ । जसमा प्रदेश सरकारबाट ६ करोड २० लाख र संघिय सरकारबाट २६ लाख २० हजार बजेट बिनीयोजन भएको जानकारी कार्यक्रममा दिइयो । कार्यक्रममा ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले कार्यक्रमको बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिले कृषि ज्ञान केन्द्रले माटो परिक्षण, जडिबुटि खेती जस्ता कुराहरुलाई प्राथमिकिकरणमा राखेर काम गर्नुपर्ने सुझाव दिएका थिए । सहभागिले कृषि अनुदानमा दिने कार्यक्रमहरु प्रभावकारी बन्न नसकेको, लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसकेको भन्दै टिप्पणि गरेका थिए ।

प्रदेश १ सरकारकी पर्यटन मन्त्री खिनु लङवा लङ्वाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, उपप्रमुख चित्रकला बराइली प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका दशै पालिकाका प्रमुख एवं उपप्रमुखको रहेको थियो । कार्यक्रमममा बोल्दै पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले प्रदेश सरकारका योजनाहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय तहसँग समन्वय गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय