
जिवन शर्मा,इलामः गोर्खे बजार इलाम जिल्लाको एक प्राचिन बजार हो । मयू खोलाको किनारमा रहेको उर्वर फाँटमा अवस्थित यो बजार राणाकाल देखिकै पूर्वको गतिलो नाका थियो । हुन त गोर्खेको पुरानो नाम चन्द्रनगर हो । पछि नेपाल एकीकरणका क्रममा गोर्खा सैनिक आएर बसेको भएर गोर्खे भनिएको हो । अर्थात शक्तिशाली सैनिक बसेकै भएर स्थानीय जिब्रोले गोर्खे भन्दै आयो ।
गोर्खाली बसेको भनेर इज्जतपुर्वक भनिएको हो गोर्खे । इलामका बडाहाकिमहरु सन्तबिर लामा र गजराजसिंह थापाले पनि गोर्खेलाई निक्कै महत्व दिएको देखिन्छ । सन्तबिर लामाले त गोर्खेमा मोटर नै कुदाए । राणा प्रधानमन्त्री देव शम्शेर सत्ताच्यूत भएपछि धनकुटा हुँदै इलाम धपाइएका र उनी इलामबाट गोर्खे बजारकै बाटो भागेर भारत पसेका थिए । इलाम बजारमा वि।स २०१२–१२–१२ मा तत्कालीन बडाहाकिम सन्त वीर लामाले भारतको दार्जिलिङबाट सीमावर्ती मानेभञ्ज्याङ, गोर्खेबजार, नाम्सालिङ, माइबेनी हुँदै इलामबजार गाडी लगेका थिए ।



गोर्खे बजारको नजिकै रहेको मयू खोलामा रिजर्भ वाटरको जलविद्युत गृह निर्माण गरिएको थियो । २०३९ असोज ९ गते पहिलो पटक बिजुली बत्ती बलेको हो । साना जल विद्युत आयोजना नामाकरण गरिएको उक्त योजनाको काम काठमाडौस्थित वालाजु यन्त्रशालाले गरेको थियो । २०३७ सालमा काम शुरु गरिएको थियो ।
जिल्लाकै पहिलो लघु साना जलविद्युत् आयोजना
गोर्खेमा इतिहासमा रम कारखाना पनि रहेको थियो । करीब १५ वर्ष रम उत्पाद्न भएपछी बन्द भएको हो । लोधिया नाम गरेका रम उत्पादन हुने र यस्को कच्चा पदार्थ भारतबाट ल्याइन्थ्यो । रम कारखाना चाहिँ मैयू र ओद्री खोलाको दोभान भन्दा केही माथी रहेको बताइन्छ । गोर्खेका पुराना बासिन्दाका अनुसार भारतीय मुसलमानहरुले रम उत्पाद्न गर्ने गर्थे र भारतीय बजारमा बिक्री गर्ने गर्थे । गोर्खेमा महाबिर भन्ने माडवाडीले सितारा नाम गरेको साबुन पनि उत्पादन गर्थे । यसको पनि कच्चा पदार्थ भारतबाट ल्याइन्थ्यो ।
गोर्खे र यसको नाम दार्जिलिङतिर पनि चर्चित थियो । गोर्खेमा बिस १९७० ताका भारतीय भुमिबाट नेपाल छिरेर यतै योग साधन गर्ने एकजना तपस्वी बस्ने गरेको ईतिहास भेटिन्छ । उनको वास्तविक नाम के हो त्यो त भन्न्सकिदैन तर खोलाको छेउछाउ बस्ने भएर स्थानीय जिब्रोले खोलेबाबा भन्ने गर्थ्यो । उनी आयुर्वेदमा दक्ष थिए रे । गोर्खेमा बसे पनि उनी कहिले हिमालय माबि का उद्धव पौडेल सरको घर मुनि ९मेहेलबोटे० रहेको कौडी दह र सुर्योदय ३ र ९ को सिमाना खण्ड जिल्मा रहेको ताराभिरमा रहेको सानो दहमा नुहाउन आउथे रे ।
यी दुवै ठाउँ भौगोलिक रुपमा जटिल अवस्थामा रहेको र चट्टान नै चट्टान भएको ठाउमा छन । उनी गोर्खेमा रहदै बस्दै गर्दा गोर्खे र खोले बाबाको चर्चा सुनेर भारतको दार्जिलिङ घुम्न आएका जापानी खगोलविद करिपा गोर्खे आएछन । उनी किन आए र उनको मुल उदेश्य के हो रु सो भन्न कठिन छ । तर केही जानकारहरु भन्ने गर्छन तिनको शरीर निको हुन नसक्ने घाउँ थियो रे । त्यति बेलाको भाषामा गाँडेघाउ भनिए पनि आधुनिक भाषामा भन्दा क्यान्सर थियो । खोले बाबा घरेलु औषधि बनाउने हुँदा उपचारको लागि आएका हुन भन्ने भनाइ छ ।
तिनको घाँउ गोर्खेमा उपचार गरेपछी निको भएछ । र उनी जापान फर्कनु भन्दा अगाडि गोर्खेमा क्यान्सर अस्पताल बनाइदिने भनेर फर्केछन । उनी जापान पुगेर द गोर्खे भन्ने पुस्तक पनि लेखेछन । त्यसैले जापानीहरु गोर्खे आइरहन्छन । तर ती जापानी नागरिक खगोल बिद भएकोले हिराको खोजीमा नेपाल आएका हुन भन्ने भनाइ पनि छ । खोले बाबासंगको सामिप्यताका कारण उनलाई खोजी कार्यमा झन सहज भएको बताइन्छ । खोले बाबा नुहाउने जति पनि ठाउँ छन त्यहा अत्यन्तै कडाखालको चट्टान छ । कडा चट्टान भएको ठाउमा हिरा हुन्छ भन्ने विश्वास गरिन्छ ।
त्यसो त कौडी दह भएको ठाउँ र ताराभिर दुवै कडा चट्टान भएका स्थान हुन । कतिपय जानकारका अनुसार गोर्खेस्थित मैयू खोलामा रहेको कुनै एउटा ढुङ्गामा हिरा रहेको र ती खगोलविद्ले त्यस ढुङ्गामा कुनै सङ्केत लेखेर राखेका छन रे र हरेक पटक जापानी नागरिक गोर्खे आउदा त्यो ढुङ्गाको खोजी गर्छन । तर त्यो ढुङ्गा अहिलेसम्म प्राप्त हुन सकेको छैन्
गोर्खे बजार कै एक हिस्सा सिमधाप पनि हो । धापमा आलुको ठूलो बजार लाग्ने ग¥थ्यो । टाडाबाट मान्छेहरु आलु किन्न बेच्न आउथे । त्यो बेला ताप्लेजुङ पाँचथर धनकुटा ते¥हथुमतिरबाट ढाकर बोकेर ढाक्रे आउने गर्थे र बजार लाग्थ्यो । हिजोआज फेरि गोर्खेको सिमधापमा हङ्गरायो चरा भेटिएको हुदा चरा अध्ययनको रुपमा बिकसित हुँदैछ । निलो सारस अर्थात हङ्गरायो भर्खरै मात्र पनि सिमधापमा देखिएको थियो ।
प्रशासनिक काम यहि हुन्थ्यो । माड्वाडी समुदायको बसोबास थियो । जुत्ता बिक्री नगर्ने लुगा मात्र बिक्री गर्ने हरियानाका माडवारी जुत्ता समेत बिक्री गर्ने राजस्थानी माडवाडी हुन्थे । यिनीहरुको व्यापार टाढा टाढासम्म हुन्थ्यो । पछि आएर यिनीहरु नेपाली नागरिक बने । गोर्खेमा अन्नपात कोदो मकैको पनि व्यापार हुन्थ्यो । अलैचीको खेती र त्यसको व्यापार रहुन्जेल माडवाडीहरु त्यही थिए । जब अलैंचीको उत्पादन र व्यापार सकिदै गयो माडवारी समुदाय पनि बिस्थापित हुँदै गए । तर उनीहरूको नाममा दर्ता भएको सयौ रोपनी जमिन अझै गोर्खे आसपास छदैछ ।
गोर्खेमा मेला पनि लाग्ने गर्थ्यो । बुधबार हाट लाग्ने ग¥थ्यो । रोपाइ जात्रा हुन्थ्यो । लाखे जात्रा देखाइन्थ्यो । मान्छे नै गोरु बनेको रोपाहार बनेको वडो रमाइलो हुन्थ्यो । गोर्खेका खेतहरुमा नौमती बाजासहितका रोपाइ हुन्थ्ये । पुर्ण हाङ देउकुमार शाहहरुका ठुला ठुलो रोपाइ हुन्थ्यो । सिताराम महाबिर राधेश्याम रामकृष्ण जस्ता नाम चलेका माडवारी व्यापारीहरु थिए । गोर्खेमा धान नाच हुन्थ्यो । लिम्बू र लेप्चा समुदायका च्याब्रुङ नाच हुन्थे ।
पछि फिक्कल बजारबाट पशुपतिनगर हुँदै मोटरबाटो भारत सीमानामा जोडिएपछि हाल गोर्खे बजारको अवस्था दयनीय बन्न पुगेको छ। गोर्खेमा नेवार, मारवाडी, तामाङ, लिम्बू, राई, क्षेत्री, बाहुन आदि जातका मानिसहरूको बसोबास रहेको भए पनि हाल यहाका माडवारी समुदाय अन्यत्र गइसकेका छन्
बुधबारका दिन हाट बजार लाग्ने गोर्खेमा लामो समयसम्म हाट लाग्न सकेन । अहिले आएर हाट लाग्न भने शुरु भएको छ । ऐतिहासिकता बोकेको गोर्खेको वर्तमान अवस्था दयनीय छ ।