इलामको रोङमा बन्यो ६३ लाखको लागतमा मिनि कवर्ड हल

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोविन्द पौडेल,रोङः इलामको रोङ गाउँपालिकाको धार्मिक पर्यटकिय स्थल हाँसपोखरीमा कर्वडहल बनेको छ । करातेको उर्वर भूमी मानिने कुटीडाँडा नजिकै रोङ गाउँपालिकाको २५ लाख, संसदिय बिकास कोष इलाम क्षेत्र नं १ को ५५ लाख, प्रदेश नं १ पर्यटन पूर्वाधार मन्त्रालयको ८ लाख सहित ६३ लाखको लागतमा निमार्ण भएपछि स्थानीयबासी हर्षित बनेका छन् ।

कबर्ड हल निर्माणले प्रेमीहरुको लागि उत्साह मात्रै थपेको छैन अन्तराष्ट्रिय स्तरको मापदण्डमा स्थानिय स्थरमा नै खेलको प्रशिक्षण गर्न र गराउन सकिने भएपछि इलामे खेलको स्तरबृद्धिमा सहयोगी बन्ने अपेक्षा पनि गरिएको छ ।

कवर्डहलमा मार्सलआर्ट, ब्याटमिन्टन, टेवलटेनिस लगायतको खेलहरुको प्रशिक्षण हुन सक्ने अपेक्षाको साथ रोङकै गौरवको योजना उक्त कवर्डमा शौचालय र चेन्जिङ रुमको समेत निर्माण सकिएको वडा नं ३ का वडाध्यक्ष मात्रिका बरालले बताए ।

रोङ खेलकुदको लागि उर्वर भुमि हो । यहाँका खेलाडीहरुले देश बिदेशमा गएर खेली सकेको भएपनि आफ्नो ठाउँमा सुबिधा सम्पन्न प्रशिक्षण स्थल बनाउने लामो प्रयास आंशिक रुपमा पूरा भएको रोङ खेलकुद बिकास समितिका संयोजक बिर्ख सुुब्बा बिक्की को भनाइ रहेको छ ।

२०४५ सालदेखी निरन्तर कराते खेलको साधनामा लागेर अन्तराष्ट्रिय रेफ्रि समेत बनेका योगेस चाम्लिङ आफ्नो लामो योजना पुरा भएको बताउँछन् । कर्वड हल त बन्यो तर थुुप्रै आवश्यक्ताहरुको खाचो रहेको छ । घेरावारा, पार्क, खेल अभ्यासका आधुनिक सामाग्रीहरु, खेलअभ्यासका ऐना, म्याट लगायतको सामाग्रीहरु अभाव भएपनि आफु निरन्तर रुपमा आवश्यक सामाग्रीहरुको जोहो गर्न लागेको र आगामी सिजनमा प्रथम अन्तराष्ट्रिय आमन्त्रित प्रतियोगीता संचालन गर्न लागि परेकोले सबैको साथ र सहयोग चाहिएको बताए ।

कर्वड हलले खेलअभ्यास मात्रै हैन पर्यटन बिकासलाइ पनि सहयोग गर्ने छ । पाटी सेमिनार सभा र सम्मेलन पनि हलमा गर्न सकिने, सुरम्य हावापानी शान्त बातावरण रहेको ठाउँमा राष्ट्रिय र अन्तराष्ट्रिय खेलअभ्यास हुने संभावना प्रचुर रहेको चाम्लिङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय