
इलामः पछिल्लो समय पत्रकारितामा चासो राख्ने युवाको संख्या कमै मात्र छ । धेरै जसोले पत्रकारिता के हो भनेर नबुझ्दा पत्रकारितामा चासो राख्ने युवा कमै मात्र छन । फेसबुक र युट्युबका कारण पत्रकारिता क्षेत्रमा युवाको लगाव कमै मात्र पाइन्छ । धेरै जसो युवासँग मोवायल र इन्टरनेटको पहुँच भएको कारण पत्रकारिता भन्दा अन्य विषयमा रमाउने गरेको कारण युवामा पत्रकारिताको आकर्षण खासै देखिँदैन । तर इलाममा भने पत्रकारितामा युवाले निकै चासो राखेको तालिममा भएको उपस्थितिले देखाएको छ । इलाम सदरमुकाममा सुरु भएको दुई दिने आधारभूत पत्रकारिता तालिममा भएको सहभागिताले युवामा पत्रकारिताको चासो रहेको पाइएको हो ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासङ्घ इलामको समन्वयमा माघ ७ र ८ गते हुने तालिममा ५० भन्दा बढी युवाको सहभागिता रहेको छ । आधारभूत पत्र कारितामा सहभागीको सङ्ख्या देख्दा उत्साहजनक रहेको १ नं। प्रदेश नेपाल पत्रकार महासङ्घका नि वर्तमान उपाध्यक्ष सोम सुसेलीले बताए । उनले पहिले कुनै तालिमबिना पत्रकारिता गर्नुपर्दथ्यो भन्दै अहिले पत्रकारिता गर्न तालिम लिएर बुझ्ने अवसर समेत पाउने गरेको भन्दै भोलिका दिनमा कलम चलाउन पनि आज सहभागी हुँदाको उत्साह जस्तै देख्न पाईयोस भन्दै शुभकामना व्यक्त गरे ।



सञ्चार मन्त्रालय प्रदेश नं। १ का शाखा अधिकृत गणेश कार्कीले मन्त्रालय मर्च भई सकेको अवस्थामा कार्यालयको अन्तिम कार्यक्रम इलाममा भएको भन्दै यस कार्यक्रमले पत्र कारितामा केही सहयोग हुन्छ भन्ने अपेक्षा रहेको बताए । सहभागी धेरै जसोले पत्रकारिताको माध्यमबाट गाउँ र समाजमा लुकेका आवाजलाई समाचारको माध्यमबाट बाहिरी ल्याउनका लागि पत्रकारिता तालिममा सहभागी भएको प्रतिक्रिया दिएका छन । तालिम सञ्चालनको सुरुवातमा प्रशिक्षार्थीको अपेक्षा के छ त भनेर राखिएको विषयमा धेरै जसोको आवाज एकै रहेको पाइएको हो ।
पत्रकारिता कुनै पास गरेर खाने जागिर नभई दैनिक परीक्षा रहेको भन्दै पत्र कारितामा लगनशीलता हुन सके धेरै अवसरहरू रहेको पत्रकार महासङ्घका नि वर्तमान केन्द्रीय सदस्य सटेन्द्र जवेगुले बताएका छन । नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लव भट्टराईले यातायात तथा सञ्चार मन्त्रालयले इलाममा तालिमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दे यस्ता अवसर खासै नपाइने भन्दै यसलाई भरपुर सदुपयोग गर्न आग्रह गरेका छन । पछिल्लो समय पत्रकारीताका नाममा विभिन्न विकृति विसङ्गति पनि देखा परिरहेको पाइन्छ । पत्रकारिताको बारेमा नबुझी पत्रकारिता गर्नेहरूले विकृति र विसङ्गति भित्र्याई रहेको भएता पनि सकारात्मक सोचका साथ पत्रकारिता गर्ने हो भने भविष्य उज्ज्वल रहेको प्रमुख यातायात व्यवस्था कार्यालय इलामका कार्यालय प्रमुख छवि खतिवडाले बताए ।
जिल्लाका सबै स्थानीय तहबाट समेट्ने गरी महिला, अपाङ्गता, आदिवासी जनजाति, दलित, पिछडा वर्गलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । तालिममा सहभागीहरूलाई चार जना प्रशिक्षकले प्रशिक्षण गरिरहेका छन । from sandakpur online