इलाममा बालबालिकालाई व्याडमिन्टन खेलप्रति उत्साह जगाईदै

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः बालबालिकालाई व्याडमिन्टन खेलप्रति उत्साह जगाउँदै प्रतिभावान खेलाडी उत्पादन गर्ने उदेश्यले इलाममा प्रशिक्षण सञ्चालन गरिएको छ । श्रावण महिनामा सञ्चालित पहिलो चरणको प्रशिक्षणको शनिबार औपचारिक समापनमा बोल्दै जिल्ला ब्याडमिन्टन संघ इलामका अध्यक्ष हुकुमलाल थेबेले विभिन्न उमेर समूहका खेलाडीलाई निरन्तर प्रशिक्षण दिने बताए ।

जिल्ला व्याडमिन्टन संघले १ महिनासम्म विद्यार्थी लक्षित प्रशिक्षण सञ्चालन गरेको थियो भने प्रशिक्षणमा इलामका ११ विद्यालयका ८० जनाको सहाभागिता थियो । शनिवार आयोजित एक कार्यक्रमबीच इलाम नगरपालिकाका प्रमुख केदार थापाले सहभागि विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरे ।

नगर प्रमुख थापाले इलामलाई चिनाउन खेलकुदको महत्त्वपूर्ण भुमिका रहने बताउँदै आफुले सकेको सहयोग गर्ने बताएका छन । इलाममा पहिलो पटक विद्यार्थीहरुहकालागि व्याडमिन्टन प्रशिक्षण सञ्चालन गरिएको हो । प्रशिक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय र इलाम नगरपालिकाको कवर्डहलमा विर वहादुर गुरुङ, गणेश राई र शुलोचना भक्तराजले प्रशिक्षण दिएका थिए ।

पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा कवर्डहल निर्माण गरेर व्याडमिन्टन खेल्ने क्रम वढेपनि प्रशिक्षणको अभाव देखिएकाले व्याडमिन्टन संघले प्रशिक्षकसमेत उत्पादन गरेर यो कार्यक्रम सञ्चालन गरेको संघका जिल्ला सदस्य सुमन काफ्लेले बताए । प्रशिक्षणको समापनको अवसरमा विभिन्न विधामा प्रतिष्पर्धा समेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय