चार जिल्लाका २७ पत्रकारलाई आर्थिक पत्रकारिता सम्बन्धी प्रशिक्षण इलाममा

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः साउथ एशिया वाच वन ट्रेड, इकोनोमिक्स एण्ड इन्भारोमेन्ट ९सावती० द्वारा इलाममा २७ जना पत्रकारलाई आर्थिक पत्रकारिता सम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाल पत्रकार महासंघ,इलाम शाखासंगको सहकार्यमा तथा सावतीको आयोजनामा दुई दिने ‘वर्कसप फर इकोनोमिस जर्नालिष्टस’ संचालन भएको थियो ।

ताप्लेजुङ,पाँचथर,इलाम र झापा गरी मेचीका चार जिल्लाबाट २७ जना पत्रकार सहभागीता रहेको कार्याशाला शुक्रबार समिट होटल इलाममा सम्पन्न भएको महासंघ इलाम शाखाका अध्यक्ष विप्लब भट्टराईले जानकारी दिए । कार्याशालामा सावतीका कार्यकारी निर्देशक डा। पारस खरेलले नेपाल–भारत व्यापार सम्बन्ध र सबै भन्दा कम विकसित मुलुबाट विकसितमा पदोन्नति भएपछि नेपालको अर्थतन्त्र र व्यापारमा के प्रभाव पर्छ भन्ने सेसनको सहजीकरण गरेका थिए ।

वरिष्ठ अनुसन्धान अधिकारी क्षितिज दाहालले अन्तराष्ट्रिय व्यापारका,मान्यता,अवधारणा,मुख्य उपकरण, नेपाल९बंगलादेश व्यापारको अवस्था,हार्मोनाइज्ड सिस्टम,विश्व व्यापारको तथ्याङ्क खोज्ने तरीका,ट्रेड एनालाइसिस,भन्सार महसुललगायतको बारेमा प्रशिक्षण गराए । यसैगरी,सामुदायिक संलग्नता र आउटरिचका डेपुटी टीम लिडर अनिरुद्र न्यौपाने नेपालमा सार्वजनिक वित्तीय व्यवस्थापन स् बजेट कागजात र संघीय र प्रादेशिक बजेट चक्रको डाटा,आर्थिक विधेयक।विनियोजन विधेयक सम्बन्धमा आर्थिक पत्रकारलाई प्रशिक्षण दिए ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल राष्ट्र बैक र समष्टिगत आर्थिक सुचकको बारेमा,बाह्य क्षेत्रस् सन्तुलन भुक्तानी र सम्बन्धित विषयहरू,देशको वर्तमान आर्थिक तथ्याङ्क सम्बन्धमा पनि संक्षिप्त जानकारी गराएका थिए । सावती कोषाध्यक्ष निलु थापाले कार्यक्रम संचालन गरेकी थिइन् ।

उदारीकरण, विश्वव्यापीकरण र विश्व व्यापारसंग सम्बन्धीत विषयवस्तुहरूबाट उत्पन्न हुने चुनौतीहरूको सामना गर्न साथै अवसरहरूको सदुपयोग गर्नका लागि सरोकारवालाको क्षमता अभिवृद्धि गराउने मूल उद्देश्य बोकेको दक्षिण एसियाली क्षेत्रीय संजालको रुपमा सावती परिचित रहेको छ ।

१ १ वटा गैरसरकारी संस्थाहरूको सञ्जालको रुपमा सन् १९९४ काठमाडौँमा स्थापना भएको सावतीले प्रतिस्पर्धा नीति तथा कानूनका विषयमा समेत अनुसन्धान र वकालत गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय