बडा दशैँको अवसरमा मेहेलबोटेमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

द्वारा प्रकाशित गरिएको हो |
२०८० आश्विन १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः बडा दशैँ २०८० को अवसरमा इलामको सूर्योदय नगरपालिका–३ स्थित मेहेलबोटेमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ ।

मेहेलबोटे खेलकुद समितिको आयोजनामा असोज ३० गते शुरु गरिने प्रतियोगिता कात्तिक ३ गते समापन हुने समितिका सचिव बिनोद पोख्रेलले जानकारी दिनुभएको छ ।

“खेलकुदको माध्यमबाट सभ्य समाज निर्माण गर्ने उद्धेश्यले दँशैको पावन अवसरमा खेल आयोजना गरेका हौ ।” समितिका अध्यक्ष बुद्धराज ढुङगानाले भन्नुभयो, “खेलकुदमा रुचि राख्ने युवाका लागि खेल क्षमता प्रदर्शन गर्ने उचित अवसर होस् भन्ने हाम्रो चाहाना हो ।”

प्रतियोगितामा जिल्लाका दश वटै पालिकाका टिमहरु सहभागि हुन पाउने आयोजकले बताएको छ । इच्छुक टिमले असोज २५ गते सम्ममा रु १७ सय तिरेर टिम दर्ता गराईसक्नु पर्ने सचिव पोख्रेलले बताउनु भएको छ । आयोजकले २८ गते सम्ममा टाईसिट प्रकाशन गरि सक्नेछ ।

प्रतियोगितामा विजयी टिमले नगद २५ हजार साथमा ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजयी बन्न टिमले नगद १५ हजार साथमा ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

टिम दर्ता सम्बन्धमा थप जानकारी चाहिएमा आयोजकका विवेक न्यौपाने (९८४२२१३९७०) लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय