इलामः
युवा उमेर ऊर्जाको उमेर हो । सिर्जनात्मकताको उमेर हो । परिवर्तनको तीव्र हुटहुटी भएको उमेर हो । सही दृष्टिकोण, साहस र ऊर्जा बोकेको युवा आजको नेपालको आवश्यकता हो । त्यो क्षमता भएको नेतृत्वलाई हामीले स्थापित गर्न सक्यौँ भने हामीले भनेको बाटोमा देशलाई लैजाने साहस युवामा छ । अहिले अवसर खोजिरहेका युवालाई समाजले खोजिरहेको छ । यति वेला पुरानै शैलीमा राजनीतिक दलहरू जानु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्ने हो ।
नेतृत्व बुझेका युवा तयार भए तर नेतृत्व बदलिन सकेको छैन । नेतृत्व जहिल्यै जनताभन्दा एक कदम अगाडि हुनुपर्ने हो तर जनताको पछि पछि कुदिरहेको छ । समाजलाई डोहो¥याउने नेतृत्वको आवश्यकता पुस्तान्तरणसँग जोडिन थालेको छ । तर नेतृत्वलाई अझै पनि दलहरूले अघि बढाउन चाहेका छैनन् । हरेक निर्वाचनमा युवाको आवाज आउँछ तर नेतृत्वले छेकेर युवालाई पछाडि पार्ने गर्दछन् । आजको युवाले नेतृत्व युवा नै खोजिरहेको छ तर दलहरूले युवालाई ओझेली रहेका छन् । देशका ठुला आन्दोलन युवा बिना सम्भव थिएन तर हरेक आन्दोलनपछि युवाहरू बाली रुङ्न बनाइएको बुख्याचा जस्तै बने । युवा आउनुपर्छ भन्दाभन्दै पनि पुरानो पुस्ताले राजनीतिमा बलियो जरा गाडेर बसेको जसले गर्दा नयाँ पुस्तालाई सजिलै नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । राजनीतिमा आफ्नोबाहेक विकल्प नदेख्ने राजनीतिक नेतृत्वको कारण युवा अघि बढ्न सकेका छैनन् ।
नेपाली राजनीतिमा ठुला पार्टी भनिने नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा लाखौँ युवाहरूको सहभागिता भूमिका छ । दल भित्र यस्ता युवाहरू छन् जो राजनीतिमा आफ्नो भविष्य खोजी रहेका छन् । उनीहरुको आँखामा देश र जनताप्रति माया देखिन्छ, देशका लागि केही गर्ने चाहाना छ । ऊर्जाशील समय राजनीतिमा स्थापित हुन खर्चिएका जुन युवा क्षमता वान, जुझारु र इमानदार तर अवसरको जब कुरा आउँछ त्यो सानै छ, उमेर छ, पछि गर्दा पनि हुन्छ भन्दै पन्छाइन्छ र अझ अवसर पाउने भनेको नेताको छोरा, भतिजा, आफन्त र आफूले चाहेको व्यक्तिले हो । युवाहरूलाई शक्ति र सत्ता प्राप्त गर्न मात्र प्रयोग गर्ने हो भने तिनै युवा फेरी समाज र राष्ट्र परिवर्तनका लागी क्रान्ति गर्न पछि पर्दैनन् ।
अहिले इलाममा पनि अव नेतृत्व युवाले गर्नुपर्छ भनेर बहस सुरु हुन थालेको छ । यति बेला अबको उम्मेदवार भनेर खुलेरै घोषणा गर्न समेत थालेका छन् । इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएसँगै सांसद पद रिक्त बनेपछि उम्मेद्धवारको चर्चा बढेको हो । नेकपा एमालेका उम्मेदवार नेम्बाङले २०५६ सालदेखि निरन्तर विजयी हासिल गर्दै आएको इलाम २ मा नेम्बाङको निधनपछि उनको कार्यभार पूरा गर्न को उम्मेदवार बन्ने भन्ने त टिकट मानै भर पर्छ । नेम्बाङका निधन पश्चात् उनका कान्छा छोरा सुहाङको चर्चा निकै चलेको थियो । जिल्ला शोकमा रहेको बेला उनको चर्चा आएका कारण उनको विरोध हुन नसके पनि यति वेला उनको विषयमा फरक मत सुरु भएको छ । हुन पनि उनका बुबालाई जिताउन तीस वर्ष निरन्तर लागि परेका नेतालाई छोडेर परिवार भित्रबाट अघि सार्ने कुरा आउँदै गर्दा विमति हुनु स्वभाविनै हो ।
एमालेमा एउटै व्यक्तिले लगातार तीस वर्ष चुनाव जितिरहँदा जिल्लामा आकाङ्क्षी भने आधा दर्जनभन्दा धेरै देखिन्छन् । अहिले पनि एमाले उपाध्यक्ष उदय राई, प्रदेश सदस्य गणेश बराल, युवा नेताहरू रवीन्द्र सुवेदी, बुद्धि खनाल र उमेश गुरुङको चर्चा पनि चलिरहेको छ । यी मध्ये पनि यति वेला रवीन्द्र सुवेदीको चर्चा जिल्लामा चुलिन थालेको छ । राजनीतिमा युवालाई प्राथमिकता दिनुपर्छ भन्दै विद्यार्थी नेता देखि पाटीका विभिन्न व्याक्ति जिल्ला उपसचिव रविन्द्र सुवेदीले टिकट पाए युवाको आकर्षक बन्ने भन्दै उनलाई टिकट दिन दवाव दिइरहेका छन । इलाम नगर कमिटी उपाध्यक्ष दीपेन्द्र चापागाईँ इलाम २ मा अबको उम्मेदवार पार्टीले युवा नै अघि बढाउनुपर्ने भन्दै पाटीले रविन्द्रलाई टिकट दिनुपर्ने देखिएको बताउँछन् । फाकफोकथुम गाउँपालिका तीनका रमेश खतिवडा राजनीतिमा वितृष्णा आइरहेको बेला अब युवाले ठाउँ पाएनन् भने राजनैतिक नेतृत्वलाई चुनौती हुने भन्दै इलाम दुईमा हुने निर्वाचनमा एमालेबाट युवा रवीन्द्र सुवेदी अगाडी बढाउन सके युवामा ऊर्जा आउने बताउँछन् । देउमाई नगरपालिकाका अर्जुन खनाल अबको निर्वाचनमा युवा बाहेक विकल्प नरहेको भन्दै युवाले चाहेको उम्मेदवार भएन भने राजनीतिप्रति वितिष्णा पैदा हुने बताउँछन् । उनी भन्छन् अहिले सम्म चर्चामा आएका उम्मेदवार मध्येका युवा र सबै सँग सहकार्य गर्न सक्ने क्षमता रहेको हुँदा पनि उनैलाई अघि सार्नुपर्ने उनको तर्क छ । उनीहरू मात्रै हैन इलामका धेरै जसो युवाले उपनिर्वाचनमा रवीन्द्रको नाम लिन थालिसकेका छन् ।
उम्मेदवार युवाको चर्चा चलिरहँदा राजनीतिले सबै चिजको नेतृत्व गर्छ तर हाम्रो राजनैतिक नेतृत्वचाहिँ सही दिशामा कुद्न नसक्दा युवाहरूमा वितृष्णा भएको भन्दै राजनीतिमा शुद्धीकरण ल्याउन सङ्गठनमा नै रहेर युवा लाग्नुपर्ने नेकपा एमाले जिल्ला उप सचिव रवीन्द्र सुवेदी बताउँछन् । ‘अहिले आम रुपमा हुने टिप्पणी कक्षाका अब्बल विद्यार्थीहरू डक्टर, इन्जिनियर, पाईलटहुने, ठिकैका विद्यार्थीहरू कर्मचारी शिक्षक हुने, ती भन्दा अझै कमजोर विद्यार्थी चाहिँ सेना प्रहरी हुने र ती भन्दा कमजोर मान्छे चाहिँ राजनीतिक नेतृत्वमा पुग्ने यस्तो स्थिति देखियो र कमजोर मान्छेले राजनीतिक नेतृत्व गरिसकेपछि नेतृत्व दह्रो भएन भने त्यसले फ्रस्टेसन ल्याउने र जनताको अपेक्षा अनुसारको विकास निर्माण र जनताका सवालहरू बोक्न नसक्ने भन्दै युवाहरूले हस्तक्षेप गर्न जरुर छ’, सुवेदी भन्छन्, ‘समाजको परिवेश एकातिर छ राजनैतिक नेतृत्वचाहिँ त्यो भन्दा विमुख भइसकेको छ, संविधानमा समाज वाद भन्दै गर्दा समाजवाद निर्माण गर्न पुँजीको जुन विकास गर्नुपर्दथ्यो अहिले पनि निर्वाहमुखी खेती प्रणाली नै छ, यसले कति पुँजी निर्माण गर्न सक्छ भन्ने कुराहरूको बुझाई राखेर नेतृत्व कुद्न नसक्दा पनि युवामा फ्रस्टेसन आएको हो ।’
‘मानिसलाई पहिला व्यावसायिक बनाउन परो, आर्थिक रूपमा अब्बल बनाउनु प¥यो, आत्मनिर्भर भइसके पश्चातमात्रै राष्ट्रिय पुँजीको विकास गर्न सक्छौ र जनताको आधारभूत तहमा परिवर्तन ल्याउन सक्छौ अनि मात्रै हामी समाजवादको आधार निर्माण गर्न सक्छौ,’ सुवेदी भन्छन्, समाजको स्थिति एकातिर छ राजनैतिक नेतृत्वको कार्यशैली अर्कातिर भएको कारण युवामा वितिष्णा छ त्यसलाई सुधार गर्नका लागि युवा पुस्ताले सकारात्मक हस्तक्षेप गर्नुपर्छ ।’ युवा युवा भनेर उफ्रेर मात्रै पनि हुँदैन त्यसमा परिपक्वता पनि चाहिन्छ, उमेरले मात्रै युवा हैन राजनैतिक चेतनाले, सक्षमताले र परिपक्वताले पनि युवा भयो भने मात्रै युवा परिणाम मुखी राजनीति दिन सक्ने उनको भनाई छ । विश्वमा जति पनि देशहरूले प्रगति गरेका छन् प्रगतिको सबैभन्दा महत्त्वपूर्ण समय भनेकै युवा जनशक्तिकै समयमा विकास भएको पाइन्छ, नेपालको जनशक्ति पनि हेर्ने हो भने अहिलेको जनशक्ति नेपालको इतिहासमै सबैभन्दा उत्पादनशील जनशक्ति युवा सबैभन्दा धेरै छ ती युवालाई समृद्धिका लागि खर्च गर्ने,विकास निर्माणका लागि खर्च गर्ने र उनीहरूको पनि जीवन निर्वाह हुने र देश पनि समृद्ध हुनु कुरामा लाग्नुपर्ने सुवेदीको भनाई छ । जनप्रतिनिधि व्यक्तिको लाभ लिनका लागि मात्रै नेता हुने होइन जनताका मुद्धा कति उठेका छन् भन्ने हेर्नुपर्नेमा सुवेदीको जोड दिँदै भन्छ, नेपालमा उत्पादन हुने वस्तु वाहिरबाट खुल्ला रूपमा आउँछन् तर यहाँ उत्पादन नहुने वस्तुमा कर लाग्ने गरेको छ यसलाई नेतृत्वले सहज बनाउनु पर्दछ ।’
को हुन रविन्द्र
देउमाई नगरपालिका ६ शान्ति डाँडामा २०४७ भदौ ९ गते बुबा तोम नाथ र आमा शारदा सुवेदीको कोखबाट जन्म लिएका सुवेदी विद्यार्थी उमेर देखिनै राजनीतिमा सक्रिय थिए । समाज शास्त्रमा स्नातकोत्तर र कानुनमा एल एल बि गरिसकेका छन् । मिठो वोलि अनि नरम स्वभाव भएको उनी सबैसँग मिलनसार छन् । कसैलाई समस्या पर्दा ज्यान दिएर लाग्ने उनी सामाजिक काम र विकृति विसङ्गतिका विरुद्ध एक ढिक्का भएर उभिन्छन् । २०५८ सालमा साङरुम्बा माविमा अनेराश्ववियुको सदस्य हुँदै राजनीति थालेका सुवेदी अहिले सम्म कुनै पनि लाभमा देखिँदैनन् । २०५९ सालमा साङरुम्बा माविको कोषाध्यक्ष हुँदै २०६२ मा अध्यक्ष भएका थिए । २०६२÷६३ को आन्दोलनमा गाउँमा पुल्ठे जुलुस लगाउँदै राज संस्थाको विरुद्ध उत्रिएका थिए । २०६३ मा पाटी सदस्यता पाएका सुवेदी मरव क्याम्पस कमिटी सचिवालय सदस्य बनेका थिए । क्याम्पस पढ्दा विद्यार्थी राजनीतिमा सक्रिए भएर काम गरिरहँदा ०६४ मा क्याम्पस कमिटी सचिव, ०६५ मा उपाध्यक्ष हुँदै अनेराश्ववियु जिल्ला कमिटी सदस्य भए । ०६५ मा नै क्याम्पस सम्मेलन आयोजक समिति संयोजक बनेका सुवेदी नेतृत्विदाई भूमिकालाई सफल बनाउँदै अब्बल बन्न पुगे । अनेराश्ववियु जिल्ला कमिटी सहसचिव, उपाध्यक्ष हुँर्दै अध्यक्ष बनेका सुवेदी २०७१ सालमा अनेराश्ववियु केन्द्रीय सदस्य भएका थिए । ०७३ मा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए भने ०७५ मा अनेराश्वविय थाई सचिवालय सदस्य बने । ०७८ मा पार्टीको कार्यालय सचिवको जिम्मेवारी सम्हालेका उनी जिल्ला उपसचिव बनेर काम गरिरहेका छन् ।
विद्यालयबाट राजनीति थालेका सुवेदी गाउँ कमिटी, क्याम्पस कमिटी, सचिवालय सदस्य, अध्यक्ष, हुँन्दै अनेराश्ववियु केन्द्रीय सदस्य बनिसकेका उनी युवा नेतामा हुनुपर्ने गुणको क्षमता राख्ने गर्दछन । राजनीतिक खुड्किलोमा ताते खेल्दै विभिन्न आन्दोलनको नेतृत्व गरेका सुवेदी कहिले महङगीको विरुद्ध पुल्ठे जुलुसमा हुन्थे त कहिले सिमानामा राष्ट्रिय झन्डा बोकेर सीमाको रक्षाका लागि आन्दोलनमा उत्रिन्थे । नेपाल भारत सिमाको सन्दकपुर डाँडामा एसएसविले नेपाल पट्टी हस्तक्षेप गर्दै गर्दा उनकै नेतृत्वमा विद्यार्थीहरूले राष्ट्रिय झन्डा फहराएर विदेशी हस्तक्षेपको विरुद्ध उभिएका थिए । लिपुलेख र कालापानिको भूभाग भारतले आफ्नो भन्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई रगतको चिठी लेखेर पठाउन समेत पछि परेनन् । भूकम्पमा चामल, पानी र बाँस बोकेर उद्धारका लागि विद्यार्थी लिएर जाँदै गर्दा बर्खाको समयमा तराई डुबाऊ हुँदा पनि राहत सङ्कलन गर्ने र अस्थायी टहरा निर्माणमा समेत सक्रिय रहन्थे । शिक्षा, स्वास्थ्य देखि खेलकुद लगायतका क्रियाकलापमा समेत सक्रिय रहने सुवेदीले शैक्षिक सुधारका लागि मरव क्याम्पसमा हप्तादिन सम्मको बहसका कार्यक्रम समेत चलाएका थिए । गाउँले जिवन र किसानको परिवाबाट त्यहि जिवनर्ला अंगाल्द्यै राजनिति गरिरहेका उनी अहिले पनि घाँस दाउरा र खेतीपाती बाट अलग्ग भएका छैनन । उनी राजनितिले जनताका मुद्धा बोक्नु पर्ने भन्दै जनताले बनाएका नेता जनताको परिवेस भन्दा फरक हुन नहुँने बताउँछन । कक्षा एक देखि १० सम्म कक्षामा प्रथम भएका सुवेदी सिएलमा क्याम्पसको स्टामिनर भएका थिए । पढाईको सिलसिलामा इलाम आएपछि इलामको रेडियो इलामएफमा काम गेरका उनी पत्रकारिताको बखत एनजियो र आईएनजिओमा अवसर पाउँदा समेत राजनिति गर्नकै लागि अवसर छोडेर बसे । जिल्लामा सक्रिय भएर काम गरिरहँदा आफूले गरेको कामकै कारण अमेरिका जाने सम्मका अवसर आउँदा पनि उनी राजनितिलै छोड्न सकेनन । उनलाई राजनितिक निउक्तिको सम्म ठाउँ पाउने हुँदा पनि उनले कुनै लाभको पदमा आस नगरि निष्ठाको राजनिति गरिरहेका छन । लामो समय राजनीतिमा बाहेक कतै समय व्यतीत नगरेका सुवेदी इलामका युवाको माझ अहिले सर्वसम्मत झैँ चर्चामा आउन थालेका छन् । तर पार्टीबाट टिकट भने पाउँछन् या पाउदैनन भन्ने यकिन छैन तर युवाको चाहानामा उनैको टिकट आइसकेको छ ।