
इलामः प्रथम देउमाई नगर वडा स्तरिय पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । आगामी मंसिर ९ गतेदेखी १६ गतेसम्म प्रतियोगिता हुने भएको हो । नेपाल तरुणदल देउमाई नगर कायै समितिले प्रतियोगिताको आयोजना गरेको हो । प्रथम हुने टीमलाई नगद ५१ हजार एक एकाउन्न सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ । दोस्रो हुने टीमलाई नगद ३१ हजार एक सय ३१ प्रदान गरिने आयोजक समितिका सचिव लोरिंदेन डब्लु लिम्बूले जानकारी दिनुभयो ।
हाम्रो गोल, लागू औषध दुब्र्यसनी विरुद्धको गोल भन्ने नाराका साथ प्रतियोगिता हुने भएको हो । युवाहरुलाई लागुऔषधबाट मुक्त गराउँदै खेलकुदमा लगाउन समेत प्रतियोगिता गराइएको अध्यक्ष बिमल खम्बुले बताउनुभयो ।
प्रतियोगिता सफल बनाउन आफुहरु समेत लागि परेको देउमाई नगरपालिका ४ का निवर्तमान वडाध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सदस्य राजेन्द्र बास्तोलाले बताउनुभयो ।



प्रतियोगिताले देउमाईलाई चलायमान बनाउने बताइएको छ । प्रतियोगिताले युवाहरुमा समेत रचनात्मक उर्जा मिल्ने भएकाले पनि खेल आयोजना गरिएको नेपाली कांग्रेस देउमाई नगरपालिकाका सभापती दिलिप कार्कीको भनाई छ ।
प्रतियोगितामा उदयमान खेलााडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको ब्यवथा गरिएको छ ।
भानुभक्त माविको छात्रावास खेलमैदानमा प्रतियोगितामा सञ्चालन हुने छ । खेलमा सहभागी बन्न सोही वडाको खेलाडी हुनु पर्ने आयोजकले जानकारी दिएको छ ।
टीम दर्ता मंसिर ६ गते दिउशो १२ बजेसम्म गर्न सकिने बताइएको छ । साथै खेल तालिका सोही दिन साँझ पाँच बजे सार्वजनिक गरिने आयोजकको भनाई रहेको छ ।