प्रथम इलाम गोल्डकप सुरुः उद्घाटन खेलमा रेड हर्ष विजयी

द्वारा प्रकाशित गरिएको हो |
२०८० माघ ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तस्विरः इलामका अग्रज पत्रकार सटेन्द्र जवेगुको फेसबुक वालबाट ।

इलामः इलाममा आजदेखि सुरु भएको प्रथम इलाम गोल्डकपमा आयोजक रेड हर्ष फुटबल क्लब विजयी भएको छ । इलाम सदरमुकामस्थित ठुलो टुँडिखेलमा सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विदेशी टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबलाई ०(४ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १३ औ मिनेटमा रेड हर्षका उत्सव राईले १ गोल गोल गर्दै खाता खोलेका थिए । रेड हर्षको तर्फबाट नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् । खेलको ५५ औँ र ६५ औँ र ८२ औँ मिनेटमा गोल गर्दै नवयुगले गृह जिल्ला इलामलाई फराकिलो अन्तरले जीत दिलाएका छन् । रेड हर्षले न्युरो टिम एनआरटी काठमाडौँ र बाग्मती युवा क्लब सर्लाही बीच हुने खेलको विजेतासँग खेल्ने छ । भोलिको खेलमा राष्ट्रिय जागृति क्लब इटहरी र विर्तामोड युनाइटेड झापा भिड्नेछन् ।

प्रतियोगितामा एक विदेशीसहित आठ टिमको सहभागिता रहेको छ । नेपालका ‘ए’ डिभिजन क्लब न्युरो टिम एनआरटी काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेडहर्ष फुटबल क्लब इलाम र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतको सहभागिता छ ।

विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय