इलामः सूर्योदय नगरपालिका–१ को मंगलबारेमा सम्पन्न स्व .विष्णुमाया लिम्बु खुल्ला लात्ते भकुन्डो प्रतियोगिता २०८० को उपाधी प्रधान डेरी एफ.सी.मंगलबारेले चुमेको छ । खेल अवधीभर डि एफ.सी रुङसुङ संग बराबर ३–३ गोल भएपछि पेनाल्टी सुट आउट मार्फत सट एण्ड डेथमा प्रधान डेरी एफ.सी. विजयी भएको हो ।
युनाइटेड क्लब मंगलबारेको आयोजनामा सिंहदेवी मा.वि.को खेल मैदानमा भएको खेलमा विजेता टिमले नगद रु एक लाख २० हजार ट्रफी मेडल प्रमाण पत्र र उपविजेता टिमले नगद रु ८० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई सूर्योदय नगरपालिका–१ का वडाध्यक्ष राज कुमार सेरेङका परिवारबाट दुवै पुरस्कार राशी र ट्रफी उपलब्ध भएको थियो ।
वडाध्यक्षको सेरेङकी बहिनी स्व. बिष्णुमाया लिम्बुको दार्जिलिङमा उपचारको क्रममा निधन भएको थियो । उहाँको आत्माशान्तिको कामना र स्थानीय युवाको खेल लगाभलाई प्रोत्साहन गर्न वडाले सहयोग गरेको अध्यक्ष सेरेङले बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रण बहादुर राईले खेलकुद क्षेत्रमा पालिकाले लगानी बढाईरहेको बताउनुभयो । वडा नं १ मा भैरहेका सडक,स्वास्थ्य लगायतका पूर्वाधार निर्माणका सन्दर्भमा प्रमुख राईले प्रष्ट पार्नुभएको छ ।
क्लबका अध्यक्ष भवेश राईको अध्यक्षता एवं सूर्योदय नगरपालिकाका नगरप्रमुख राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं १ वडा अध्यक्ष राज कुमार शेरेङ , वडा नं ३ वडा अध्यक्ष लोक बहादुर प्रधान, वडा ४ को अध्यक्ष शरण राई, वडा ७ को अध्यक्ष लोक बहादुर चाम्लिङ, वडा नं ६ शिव कुमार बस्नेत वडा ११ अध्यक्ष सन्तोष राई वडा नं १२ को अध्यक्ष डोलेन्द्र भारध्वोज र वडा १४ का अध्यक्ष बल बहादुर समाल लगायतको उपस्थिति रहेको थियो ।