इलाम– इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकपमा न्युरोड टिम ९एनआरटी०ले फाइनल यात्रा तय गरेको छ ।
आज ९बुधबार० भएको पहिलो सेमिफाइनलमा टाइब्रेकरमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी उपाधि होडमा पुगेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
पहिलो हाफमा इलामको तर्फबाट नवयुग श्रेष्ठले गोल गरे । पहिलो हाफमा इलाम १ गोलले अघि रहेपनि दोस्रो हाफमा एनआरटीका विदेशी खेलाडीले गोल गरेपछि बराबरी भएको हो ।
आजको खेलको म्यान अफ् दि म्याच एनआरटीका विदशी खेलाडी ९बलरक्षक० थेभ्स पिसो घोषित भए ।
भोलिको दोस्रो सेमिफाइलमा पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
१३ गते हुने फाइनल विजेताले पाँच लाख र उपविजेताले तीन लाख पुरस्कार पाउनेछन् ।