इलामः सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राईले विक्रम संवत २०८३ साललाई सूर्योदय नगरपालिकाले खेलकुद वर्षको रूपमा मनाउने घोषणा गर्नुभएको छ । इलामको सूर्योदय नगरपालिकामा आयोजित सूर्योदय नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख राईले २०८३ मा खेलकुदका राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी समेट्ने गरी वर्षभरि हरेक खेलका प्रतियोगिता सञ्चालन गर्ने र समग्र २०८३ लाई नै सूर्योदय को पर्यटनलाई समेत टेवा पुग्ने गरी खेलकुद वर्ष मनाउने उद्घोष गर्नुभएको हो ।
नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि करफोक विद्या मन्दिर माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा संचालित १५ इभेन्ट्सका ३० विधा मध्ये विजेता करफोक विद्या मन्दिरले १४ स्वर्ण सहित ४ रजत र ४ कास्य जितेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको श्री कृष्णाश्रम माध्यमिक विद्यालयले ८ स्वर्ण ४ रजत र ४ कास्य पदक जित्दा प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने फिक्कल नमूना माध्यमिक विद्यालयले ३ स्वर्ण ७ रजत र ५ कास्य पदक हासिल गरेको छ ।
त्यसै गरी चौथो स्थानमा ३ स्वर्ण ६ रजत र ५ कास्य सहित वीरेन्द्र माध्यमिक विद्यालय रहँदा १ स्वर्ण ३ रजत र ५ कास्य सहित जनक माध्यमिक विद्यालय पाँचौं स्थानमा रहेको छ । १ स्वर्ण र १ रजत सहित सरस्वती मावि छैटौँ स्थानमा रहँदा ३ रजत र २ कास्य सहित इभरलेण्ड इन्टरनेसनल एकेडेमी सातौँ स्थानमा रहेको छ । आठौं स्थानमा रहेको पिसल्याण्ड एकेडेमीले १ रजत र १ कास्य पदक हासिल गर्दा नवौं र दशौं स्थानमा समान १र१ रजत पदक सहित अन्तु एकेडमी र इलाम रोजमेरी विद्यालय रहेका छ्न् । त्यसैगरि एघारौ स्थानमा रहेको वौद्धधाम माविले ३ कास्य पदक हासिल गर्दा बाह्रौं र तेह्रौं स्थानमा सामान दुईरदुई कास्य पदक सहित हिमालयन माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालय रहेका छन् ।