सूर्योदय नगरपालिका ८ को शैक्षिक अवस्थाबारे छलफल

द्वारा प्रकाशित गरिएको हो |
२०८० माघ २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः सूर्योदय नगरपालिका ८ को शैक्षिक अवस्थाबारे सरोकावाला बिच छलफल चलेको छ । वडाले शिक्षक, शिक्षिका, विद्यालय ब्यवस्थापन समिति,पूर्व शिक्षक लगायतलाई भेला गराएर छलफल चलाएको वडा सदस्य एवं वडा नं ८ का भौतिक पुर्वाधार संयोजक कमल प्रसाद गडतौलाले जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उप्रमुख दुर्गा कुमार बरालले समग्र शिक्षा क्षेत्रलाई सुधार गर्न गुणस्तरीय अध्ययन अध्यापन जरुरी रहेको बताउनुभयो । विद्यार्थी,शिक्षक र अविभावक सबैको सकृयतामा मात्र शिक्षा क्षेत्रको सुधार हुने बरालले बताउनुभयो । वडाध्यक्ष जङ्ग गुरुङले शैक्षिक क्षेत्रमा आमुल परिवर्तन नभएसम्म अन्य विकासको औचित्य नहुने भन्दै हरेक घरपरिवारका सबै सदस्य शिक्षित हुन जरुरी भैसकेको धारणा राख्नुभयो । सरोकारवालाले विद्यालयको भौतिक संरचना देखि विद्यार्थीको अवस्था र शिक्षक शिक्षिकाको बारेमा समस्या,गुनासा र चुनौती राखेको कार्यक्रमका सञ्चालक गड्तौलाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय