इलाम २ उपनिर्वाचनमा माओवादीले एमाले उम्मेद्वारलाई सघाउने निर्णय

द्वारा प्रकाशित गरिएको हो |
२०८० चैत्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– इलाम क्षेत्र २ मा हुने आसन्न उपनिर्वाचनमा नेकपा ९माओवादी केन्द्र०ले उम्मेदवारी नदिने भएको छ ।

सत्तारुढ नेकपा ९एमाले०सँग सहमति गरेर माओवादीले इलाममा उम्मेदवारी नदिने भएको हो । इलामबाट उम्मेदवारका रूपमा सिफारिस भएका धिरेन्द्र शर्मा रमणले इलाम एमालेलाई छाडेर बझाङको प्रदेशसभा माओवादीले पाउने सहमति भएको बताए ।

यसअघि माओवादी केन्द्र इलामले एकल रूपमा धिरेन्द्र शर्मालाई उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । शर्मा उम्मेदवार सिफारिस भएपछि माओवादी केन्द्रले वडास्तरमा छलफल सुरु गरिसकेको थियो ।

माओवादी केन्द्रले गत २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र २ मा समानुपातिक तर्फ पाँच हजार एक सय ५३ मत पाएको थियो ।

इलाममा एमालेले ३२ वर्षे सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आगामी चैत २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय