गोर्खेमा उच्च प्रविधिको स्वास्थ्य शिविर हुँदै, ३५ सयमा ‘होलबडी चेकअप’

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,०७वैशाखः सूर्योदय नगरपालिका–१ गोर्खे बजारमा कम मुल्यमा ‘होलबडी चेकअप’ गर्न शिविर आयोजना गरिने भएको छ । नेपाल रेडक्रस सोसाईटी गोर्खे उपशाखा र सूर्यविनायक मेडिकल हल पशुपतिनगरको आयोजनामा यहि वैशाख ९ गते शिविर सञ्चालन गरिने रेडक्रस गोर्खे उपशाखाका सभापति निधिप्रसाद पोखरेलले बताउनुभएको छ ।

‘९ गते सबैको भिडियो एक्स रे गरिन्छ । प्राप्त रिपोर्टका आधारमा ११ गते विशेषज्ञको परामर्श हुन्छ ।’ पोखरलले भन्नुभयो, ‘यस क्षेत्रमा पहिलोपटक उच्च प्रविधिको स्वास्थ्य शिविर आयोजना हुनेभएपछि नाम टिपाउनेको संख्या बढ्दै गएको छ । आवश्यकता परेमा एक दिन थप गरेर भएपनि सेवा उपलब्ध गराउने हाम्रो तयारी छ ।’

अस्पतालमा करिब पन्ध्र हजार तिरेर गरिने ‘होलबडी चेकअप’ आयोजकले तीन हजार पाँच सय रुपैयामा नै गरिदिने भएपछि नाम टिपाउनेको संख्या बढेको हो ।

नारपाटा हेल्थ केयर प्रा.लि काठमाण्डौँ र पशुपति ओरल डेण्टल पशुपतिनगरकोे प्राविधिक सहयोग रहने शिविरमा वडा कार्यालयले खाना ब्यवस्थापनमा सहयोग गर्ने सभापति पोखरेलले बताउनुभयो ।

शिविरमा कलेजो,मृगौला,मुटु र थाइराइट कार्य, चिनी रोग र रक्त कोष परिक्षण हुनेछ भने युरिक एसिड जाँच,ई.सि.जि, भिडियो एक्स–रे, बरिष्ट चिकित्सक परामर्श, तीन महिने सुगर र निशुल्क दन्त परिक्षण हुनेछ ।

वैशाख ९ गते विहान ७ बजेबाट शिविर सुरु हुने छ । एक्स–रे गर्न खालि पेटमा सहभागि हुन आग्रह गरिएको छ । थप जानकारि लिन सम्पर्क ब्यक्ति निधि पोखरेललाई ९८४२६५२३८० मा सम्पर्क गर्न सकिने सुचनामा उल्लेख छ ।

‘पछिल्लो समय मानिसहरुमा थाहा नपाई जटिल रोगले आक्रमण गर्र्न थालेपछि स्वास्थ्य क्षेत्रमा समस्या हुँदै गएको छ ।’ रेडक्रस गोर्खे उपशाखाका सचिव कुल प्रसाद ढकालले भन्नुभयो, ‘रोगले नच्यापि अस्पताल नजाने हाम्रो बानी र जिल्ला बाहिरका अस्पताल पुगेर चेक गर्न महंगो शुल्क तिर्नुपर्ने भएपछि शरीर भित्रको रोग पहिचान हुन नसक्दा स्वास्थ्यमा समस्या बढेको छ । सकेसम्म इच्छुक सबैको चेकजाँच गराउने गरि तयारी गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय